देश निर्वाचन उन्मुख, ठूलो उत्साहका साथ मनोनयन दर्ता
आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानी काठमाडौँसहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको थियो । झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले देशैभर स्थानीय तहको निर्वाचनमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएको बताएका छन् । उनका अनुसार ५० लाख जति जनता निर्वाचनमा सहभागी हुँदैछन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका जिल्ला प्रतिनिधिहरूले पठाएको विवरणका आधारमा क्षेत्रीय कार्यालयबाटसम्पादित समाचारहरू अनुसार ३४ ओटै जिल्लामा उम्मेदवारी दर्ता उत्साहका साथ शान्तिपूर्णरूपमा सम्पन्न भएका छन् ।
प्रदेश नम्बर ४ अन्तर्गतका ११ जिल्ला कास्की, स्याङ्जा, लमजुङ, बाग्लुङ, गोरखा, तनहुँ, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ र नवलपरासीमा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।
गोरखामा निर्वाचन आचार संहिता विपरीत नेपाली काङ्ग्रेसले विद्यालय बसको प्रयोग गरेको छ । निजी विद्यालयको काङ्ग्रेस कार्यकर्ता ओसार पसार गर्न प्रयोग भएको हो । त्यस्तै निर्वाचन आचार संहिता राजनीतिक दलहरूले सार्वजनिक सवारी साधनको प्रयोग गरेका छन् । निर्वाचन आचार संहिता अनुसार सार्वजनिक सवारीमा कुनै पनि दलको झण्डा वा प्रचार सामाग्री प्रयोग गर्न पाइँदैन । तर वैशाख १९ गते शक्ति प्रदर्शन गर्ने नाउँमा कांग्रेस, एमाले र माओवादी केन्द्रले सार्वजनिक सवारीमा झण्डा र प्रचार सामाग्री राखेर कार्यकर्ता ओसारपसार गरेका हुन् ।
मनोनय दर्ताका क्रममा आचार संहिता उल्लङ्घन
प्रदेश नम्बर ३ का १३ जिल्ला सिन्धुली, रामेछाप, दोलखा, चितवन, मकवानपुर, ललितपुर, काभ्रे, भक्तपुर, काठमाडौँ, धादिङ, सिन्धुपाल्चोक, नवाकोट र रसुवा गरी १३ जिल्लामा सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयमा मनोनयन पत्र दर्ता गरेका छन् । अधिकांश जिल्लाहरूमा शान्तिपूर्ण तवरले उम्मेदवारी मनोनयन पत्र दर्ता भए पनि निर्वाचन आचार संहिता उल्लङ्घन भएका समाचारहरू प्राप्त भएका छन् ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार त्रिपुरा सुन्दरी गाउँपालिकामा मनोनयन दर्ता गर्ने क्रममा नेपाली काङ्ग्रेसले निर्वाचन आचार संहिता विपरित त्रिपुरासुन्दरी गाउँपालिका-२, मा रहेको बालविकास इङ्गलिस बोर्डिङ्ग स्कूलको सवारी साधन प्रयोग गरेको छ । काङ्ग्रेसको प्रचार गर्नका लागि गाडीमा झण्डा र चुनाब चिन्ह राखेर र्यालीमा गाडी प्रयोग गरिएको हो । त्रिपुरनसुन्दरी गाउँपालिका १ र २ न. वडाका विभिन्न स्थानमा र्याली निकाल्नका लागि काङ्ग्रेस कार्यकर्ताहरू गाडीमा नै सवार भइ जुलुस समेत गरेका थिए ।
सिन्धुली प्रतिनिधि विमला पाण्डेका अनुसार दुई नगरपालिका र सात गाउँपालिकामा उम्मेदवारी दर्ता शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । घ्याङ्गले गाउँपालिकामा उम्मेद्वारी दर्ता दिन जाने क्रममा माओवादी केन्द्र र विप्लव माओवादी कार्यकर्ता बीच समान्य भनाभव भएको र अप्रिय घटना नभएको मुख्य निर्वाचन अधिकृत परर्शुराम भट्टराईले बताए । केही सुरक्षा संवेदनशील क्षेत्रमा सुरक्षा समितिको बैठक बसी सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ताराबाहादुर कार्कीले बताए । कमलामाई नगरपालिकामा उम्मेद्वार मनोनयन पत्र दर्ता गर्ने क्रममा काङ्ग्रेस, माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरूले पार्टीको झण्डा र चुनवा चिन्ह अंकित भेष्ट र टोपी लगाएरै निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेको देखिएको थियो । माओवादी केन्द्रले २ सय मोटरसाइकलको र्याली सहित कमलामाई नगरपालिकामा उम्मेदवारी दर्ता गर्न आएको थिए ।
प्रदेश नम्बर ६ अन्तर्गतका सुर्खेत, जुम्ला, कालीकोट, हुम्ला, डोल्पा, मुगु, रुकुम, सल्यान, जाजरकोट र दैलेख जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूले उम्मेदवारी दिएका छन् । जुम्ला र रुकुम जिल्ला बाहेक अन्य जिल्लामा शान्ति पूर्वक उम्मेदवारी दर्ता भएको पाइयो । सुर्खेत र मुगु जिल्लामा एमाले र काङ्ग्रेसले निकालेको र्यालीमा बालबालिकाको प्रयोग भएका थिए ।
जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाली काङ्ग्रेस पार्टीले चन्दननाथ नगरपालिकाको मेयर उम्मेदवारीका लागि विवाद भएको छ । जिल्ला कार्यसमितिले मेयर पदका लागि राजुसिह कठायतको नाम सिफारिस गरी पठाए पनि केन्द्रीय कमिटिले कान्तिका सेजुवालको नाममा टिकट पठाएपछि विवाद भएको हो । काङ्ग्रेसका कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार उम्मेदवारी दर्ताको कार्यक्रम शान्तिपूर्वक सम्पन्न भएको छ । सदरमुकाम दुनैबाट एकसाताको पैदल यात्रापछि पुगिने उत्तरी भेगमा रहेको शे फोक्सुण्डो गाउँपालिका लगायत छार्का ताङसोङ गाउँपालिकामा रहेका मतदान स्थलहरूमा चार दिन अघि गएको कर्मचारी र सुरक्षाकर्मी सहितको टोली हिमपातका कारण बीच बाटोमा अलपत्र परेपछि वैशाख १९ गते हेलिकप्टरमार्फत उद्धार गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइएको छ । हिमपात र वर्षाका कारण निर्वाचन अधिकारी र सुरक्षाकर्मीसहितको टोली समयमा तोकिएको ठाउँमा पुग्न नसकेपछि उम्मेदवारी दर्तामा बिलम्ब हुने भएको छ । से फोक्सुण्डो गाउँपालिकामा निर्वाचन गराउनको लागि चार दिन अघि सदरमुकाम दुनैबाट गएको टोली धो गाउँको ताक्सीमा हिमपातले लेक पार गर्न नसकेर अलपत्र परेको थियो । निर्वाचनको लागि आवश्यक पर्ने सामग्री समयमै जिल्लामा नपुग्दा माथिल्लो डोल्पामा जाने अधिकृतहरूलाई पठाउने दिन पनि लम्बिएको निर्वाचन अधिकृत रामबहादुर बुढाले बताए ।
मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार सदरमुकाम गमगढीमा एमाले र नेपाली काङ्ग्रेसले उम्मेदवारी दर्ता गर्नका लागि निकालिएको र्यालीमा बालबालिकाको प्रयोग गरेका थिए ।



















अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…