देवरद्वारा भउजूको हत्या गरेको आरोप

वर्दिवास नगरपालिका-८ प्रेमनगरकी ३२ वर्षीया उषादेवी महतोलाई देवर विजय महतोले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।

कात्तिक १७ गते घरैबाट हराएकी उषाको कात्तिक १९ गते बिहान धनुषा जिल्ला लक्ष्मीनिवास-७ स्थित दालाखाडी खोला नजिक तिलको खेतमा शव भेटिएको थियो । मृतकको पति विनोद महतो वैदेशिक रोजगारीको लागि विगत दुई वर्षदेखि मलेशियामा रहेको पीडितका माइती पक्षले जनाएको छ ।

मृतकका भाइ सुरेन्द्र महतोले मङ्सिर २ गते जनकपुरमा पत्रकार सम्मेलन गरी बहिनी उषाको हत्या गरिएको दावी गरे ।

पीडित महिलाको शव फेला परेपछि विजय फरार रहेको बताउँदै इलाका प्रहरी कार्यालय ढल्केवरका इञ्चार्ज चन्द्रनारायण त्रिपाठीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । मृतक उषाका १० वर्ष र आठ वर्षका दुई छोरा रहेका छन् ।


अजयकुमार साह