देउराली मतदान केन्द्रमा निर्वाचन चिन्ह अङ्कित टिसर्ट लगाएका काङ्ग्रेसका कार्यकर्ता मतदानस्थलमै
सिन्धुलीको कमलाई नगरपालिका-४ देउराली मतदान स्थलमा निर्वाचन चिन्ह अङ्कित टिसर्टमै रहेका काङ्ग्रेस कार्यकर्ताहरूले मतदाताहरूसँग मत मागेका छन् ।
सो मतदान केन्द्रका मतदान अधिकृतसँग सो विषयमा इन्सेक प्रतिनिधिले कुरा राखेपछि सुरक्षा व्यवस्था मजबुत नभएका कारण समस्या भएको र थप सुरक्षाकर्मी पठाई दिन सम्बन्धित निकायलाई आग्रह गरिएको बताएका छन् ।
यसैगरी सिन्धुलीको दुधौली नगरपालिका-४ स्थित डकहा मतदान केन्द्र र दुधौली नगरपालिका-७ स्थित सुगारे मतदान केन्द्रमा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच वैशाख ३१ गते बिहान मतदानको विषयलाई लिएर भनाभन भएको थियो । सो मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
विमला पाण्डे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…