दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६ गते उहाँको अवस्थाका बारेमा अनुगमन गरिएको छ ।
शिक्षक सेवा आयोगबाट २०७९ माघ २३ गते लमजुङ जिल्लाबाट निम्न माध्यामिक तहमा लमजुङको दोर्दी गाउँपालिकाको बालकल्याण विद्यालयमा सिफारिस भई पदस्थापना पाएपनि उक्त ठाउँ भौगोलिक विकट रहेकोले आफू त्यहाँ सेवा गर्न शारिरक रूपले नसक्ने हुँदा उहाँले आफूलाई पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै आमरण अनसनमा बस्नुभएको हो ।
उहाँले परिक्षा दिनेबेलामा कार्यविधि अपाङ्गता भएका व्यक्तिहरुको अनुकूलतामा रहेको र नियुक्त गर्दा पहुँचयुक्त स्थानलाई ध्यानमा राखिने कुरा थियो तर पछि उक्त कार्यविधि परिमार्जन भयो जसले गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या भएको बताउनुभयो । उहाँले आफूलाई पहँचयुक्त स्थानमा सरुवा नगरेसम्म अनसन नतोड्ने बताउनुभयो ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले अपाङ्गता भएका व्यक्तिलाई अध्यापनको लागि विधालयलेनै स्वीकार नगर्नु प्रमुख समस्या रहेको बताउनुभयो । उहाँले शिक्षको सरुवा गर्ने अधिकार स्थानीय तहलाई दिएकोले आफूहरु संग त्यति अधिकार नभएपनि उहाँको समस्यालाई समाधान गर्न प्रयासरत रहेको बताउनुभयो ।
अनुगमनका क्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४ अनुसार अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्तताको अधिकारलाई राज्यले सम्मान तथा संरक्षण गरि रोजगारिको अधिकार सुनिश्चित गनुपर्नेे भन्दै पौडेलको समस्यालाई समाधान गर्न सरोकारवाला निकायसग अनुरोध गर्नुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…