दृष्टिविहिन बालबालिका अनलाइन शिक्षाबाट वञ्चित
पर्वतको एक मात्र दृष्टिविहिन बालबालिका अध्ययनरत शिवालय माविका विद्यार्थीहरू विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षाबाट वञ्चित बनेका छन् । विद्यालयले सञ्चालन गरेको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १८ जना दृष्टिविहिन बालबालिका अनलाइन शिक्षा लिन पाएका छैनन् ।
लामो समयदेखि कोभिड–१९ का कारण विद्यालय शिक्षा बन्द भएपछि विद्यालयले अनलाइन विधि मार्फत पठनपाठन शुरू गरेपनि दृष्टिविहिन बालबालिकाहरूको पहुँचमा पुग्न सकेको छैन । ‘अनलाइन कक्षामा दृष्टिविहिन बालबालिकालाई समेट्न नसक्दा समस्या भएको छ ।’– विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईले भन्नुभयो– ‘दृष्टिविहिन बालबालिकाहरूमा सञ्चार प्रविधिको सहज पहुँच नहुँदा समस्या भएको छ ।’
छात्रावासमा बसेर अध्ययन गर्दै आएका १८ जना बालबालिका अहिले कोभिड –१९ कै कारण घर फर्केका छन् । दृष्टिविहिन स्रोत कक्षामा अहिले पर्वत सहित म्याग्दी, बागलुङ, तनहुँ र गुल्मीका विद्यार्थीहरू रहेका छन् ।
विद्यालयमा अध्ययन गर्ने सबैजसो बालबालिकाको पारिवारिक आर्थिक अवस्था न्यून रहेका कारण दैनिक जसो मोबाइलमा रिचार्ज गरेर पठनपाठनमा सहभागी हुने अवस्था नरहेकाले समस्या भएको प्रधानाध्यापक चापागाईले जानकारी दिनुभयो ।
विद्यालयले समय समयमा सम्पर्क गरेपनि अनलाइन कक्षामा सहभागी गराउन नसकिएको दृष्टिविहिन स्रोत कक्षाका शिक्षक हरिदत्त शर्माले बताउनुभयो ।
‘फोन गरेर अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दा मोबाइलमा पैसा नभएको गुनासो गर्छन् ।’– शिक्षक शर्माले भन्नुभयो– ‘विद्यालयले उनीहरूलाई रिचार्ज गरेर पठनपाठनमा सहभागी गराउने अवस्था छैन ।’
विद्यालयमा कक्षा ९ मा अध्ययनरत पर्वतको महाशिला गाउँपालिका– ५ लुंखुका होमबहादुर क्षेत्रीले आफूसँग पैसा नभएका कारण अनलाइन कक्षामा पढ्न नसकेको गुनासो गर्नुभयो ।
‘घरमा मोबाइलमा रिचार्ज राख्ने पैसा पनि छैन।’–उहाँले भन्नुभयो– ‘अनलाइन कक्षामा पढ्न सरहरूले भन्नुहुन्छ तर इन्टरनेट चलाउनका लागि मोबाइलमा राख्ने पैसा हुँदैन ।’
नगरपालिकालाई दृष्टिविहिन विद्यार्थीलाई पठनपाठनका लागि सहयोग गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेको प्रअ चापागाईले बताउनुभयो ।
विशेषत नगर शिक्षा शाखाले दृष्टिविहिन विद्यार्थीहरूका लागि आवास खर्च स्वरूप प्रतिव्यक्ति मासिक चार हजार रुपिँया प्रदान गर्दै आइएको थियो ।
कोरोना सङ्क्रमणका कारण विद्यार्थीहरू छात्रवासबाट बाहिरिएपछि नगर शिक्षा शाखाबाट मासिक रूपमा प्राप्त हुने रकम समेत रोकिएको छ ।
‘लकडाउनका कारण विद्यालय बन्द भएपछि उक्त रकम नपठाएका हौँ ।’– कुश्मा नगरपालिका नगर शिक्षा शाखा अधिकृत विष्णु तिवारीले भन्नुभयो–‘छात्रावासमा नै विद्यार्थी नभएपछि वैशाखदेखि हालसम्म उक्त रकम पठाएका छैनौ।’उनले विद्यालय सञ्चालनमा आएपछि मात्रै रकम पठाइने बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…