दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या भएको हो ।
बुबाआमा गुमाएपछि दाइ भाउजुको सहारामा बस्नुभएको उहाँले पछिल्लो समय सहारा पाउने आशमा विवाह गर्नुभयो र सन्तान पनि पाउनुभयो तर परिवारको खर्च जोहो गर्न निकै समस्या भएको छ । ज्यालामजदुरी गर्न नसक्ने आम्दानीको स्रोत नहुँदा परिवारको खर्च जुटाउन गाह्रो भएको छ । सानो उमेरमा बुबाआमा गुमाएपछि दाजु भाउजुसँग बालापन बिताउनुभयो । बुढेसकालमा सुख पाउने आशमा विवाह गरी सन्तान पाएपछि खुसी हुनुहुन्छ । तर सुरक्षित घर, पेटभरी खाना नहुँदा पिरले छोडेको छैन ।
छेडागाड नगरपालिका–१, खाराबजार नजिकै त्रिपालले ढाकेको एक तले घरमा एक जना छोरी र दुई जना छोरा सहित पाँच जनाको परिवारलाई छाक र राहत बिताउन निकै समस्या भएको छ । रोजगारीका कुरा पर छ । थालीमा राखेको खाना देख्न नसक्ने ३५ वर्षीय तिलक बस्नेतले सन्तान पाए पनि खानेकुरा नहुँदा बिचल्लीमा पर्नुभएको छ । छेडागाड नगरपालिका–१ खारा सडकको छेउमै एक तले त्रिपालले ढाकेको घरमा परिवारलाई लिएर बस्नेत बस्नुहुन्छ । पानी आएपछि भत्किने डर भएपनि सोही घरमा ओत लगाएर बस्ने गरेको
उहाँको भनाइ छ । उहाँलाई बस्नको भन्दा पनि खानाको बढी चिन्ता हुने गरेको छ । नानीबाबु साना कमाउन नसक्ने बुबाआमा दुवै सहारा माग्ने अवस्थामा भएपछि आफ्नो भन्दा छोराछोरीको बढी पिरलो हुने गरेको उहाँले बताउनु भयो । पानी परेपछि घर भत्किने अवस्थामा छ । आफ्नो घर बनाउने क्षमता छैन । न सरकारले हेर्छ न सङ्घसंस्थाले । सडकको छेउम बसेपनि कसैको आँखा लागेको छैन । ६ वर्षीय छोरी ज्योति बस्नेत, तीन वर्षीय छोरा सुवास बस्नेत, आठ महिनाको छोरा मदन बस्नेत सहित पाँच जनाको परिवारले स्थानीय सरकारबाट सहयोग पाउन सकेका छैनन् । विद्यालय जाने उमेरमा बुबालाई डोर्याउँदै सरोकारवाला निकायबाट सहयोग पाइन्छ कि भन्ने आशले तिलकको इसारामा सरोकारवाला निकायसम्म पुगेपनि पाउन नसकेको गुनासो गर्नुभयो ।
खेतबारीमा काम गर्न नसक्ने उहाँको परिवालाई जीवन धान्न गाह्रो छ । केही महिना पहिला सरकारबाट पाउने अपाङ्गता भत्ताले बालबालिकाको छाक टारेका उहाँलाई भत्ता आउन छोडेपछि निकै समस्या भएको छ । सरकारले दिएको भत्ताले खानाको जोहो गरेको थिए कार्ड नहुनेलाई भत्ता नदिने भनेपछि सुर्खेत आँखा अस्पतालबाट ल्याएको सिफारिस पुरानो भयो नयाँ हुनुपर्छ भनेपछि स्थानीय सरकारले पहल नगर्दा भत्ता पाउनबाट वञ्चित भएको छु ।
गरिब, अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सेवा सुविधामा सहजता ल्याउनुको साटो स्थानीय सरकारले वास्ता नगर्दा जीविकोपार्जनमा समस्या भएको छ । सबैका बालबालिका विद्यालय जान्छन् । तर बस्नेत परिवारको आर्थिक अवस्था कमजोर भएको कारण बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन् । बस्नेतले भन्नुभयो - 'मेरा भविष्यका सहारा बालबालिकालाई बलियो आवास, बिहान बेलुकाको छाक जोहो गरिदिए खुसी हुने थिएँ । गरिब, अपाङ्ग, सहारा विहिन व्यक्तिलाई स्थानीय सरकारले वास्ता नगरेपछि थोत्रो घरमा भोकै बस्नु पर्ने बाध्यता छ ।'
छेडागाड नगरपालिका–१ का वडा अध्यक्ष राम बहादुर बुढाले सुर्खेत आँखा अस्पताले दिएकाे सिफारिस पुरानाे भएर फिर्ता गरिएको बताउनु भयो । नयाँ सिफारिस बनाएर ल्याएमा सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराउने उहाँको भनाइ छ ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन…