दूषित पानी पिउन स्थानीय बाध्य, झाडापखालाबाट एक जनाको मृत्यु, १ सय बढी बिरामी
परशुराम नगरपालिका–८ का स्थानीयहरु शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउन बाध्य भएपछि यस क्षेत्रका १ सय ६० जना स्थानीय बिरामी परेका छन् ।
शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउदै आएका परशुराम नगरपालिका–८ गुप्तीगडाका स्थानीयहरु एक हप्तादेखि झाडापखालाबाट सकिस्त बिरामी हुदै आएका छन् ।
उनीहरूको स्थानीय विद्यालयमा उपचार केन्द्र स्थापना गरेर उपचार थालिएको परशुराम नगर स्वास्थ्य शाखाप्रमुख तेजबहादुर सिंहले जानकारी दिनु भयो ।
उहाँका अनुसार गुप्तीगडा गाउँमा हाल स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमै उपचार सेवा पनि प्रदान गरिरहेको छ ।
१० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा झाडापखालाबाट प्रभावित भएको स्वास्थ्य कार्यालय, डडेल्धुराका सरुवा रोग नियन्त्रण फोकल पर्सन हरिप्रसाद भट्टले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो– ‘मेरो नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाउँमा छ । उपचार सेवासँगै जनचेतनामूलक कार्यक्रम पनि गर्दैछौँ ।’
जोगबुडा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तीगडा गाउँका झाडापखालाबाट पीडित भएका आठ जना बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिनु भयो ।
खानेपानीको मुहान प्रदूषित भएका कारण सो गाउँमा झाडापखालाको समस्या देखिएको उहाँले बताउनु भयो ।
खानेपानी शुद्धीकरण गरेर प्रभावित बिरामीहरूको उपचार कार्य भइरहेको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिंहले बताउनु भयो । ‘हिजो र आज झडापाखलाका नयाँ बिरामी देखिएका छैनन् । झाडापखाला नियन्त्रणतर्फ उन्मुख भएको छ,’ उहाँले भन्नु भयो । २०७५ सालमा पनि सो गाउँमा झाडापखालाको प्रकोप देखिएको थियो ।
झाडापखालाका कारण एक जनाको मृत्यु
झाडापखालाकै कारण एक बालिकाको मृत्यु भएको परशुराम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर सिंहले जानकारी दिनु भयो । गत साता झाडापखालाले सिकिस्त बिरामी भएकी १४ वर्षीया सङ्गीता धामीको जोगबुडा अस्पतालले धनगढी रेफरगरेपछि बाटोमा मृत्यु भएको थियो ।
वैशाख २६ गते जोगबुडा अस्पताल भर्ना गरिएकी धामीलाई सोही दिन साँझ धनगढी रिफर गरिएको भएपनि बाटोमा नै केही समयमा मृत्यु भएको हो । केही दिन अघि बिरामी परेकी धामीको झाडापखालाका कारण मृत्यु भएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताउनु भयो ।
मृतक बालिकाको शरीरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा बाटोमै मृत्यु भएपछि परिवारजन तथा आफन्तहरुले अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए ।
परशुराम नगरपालिकाले मृतकको परिवारलाई क्षतिपुर्ति दिने र लापर्वाही गर्ने स्वास्थ्यकर्मीलाई सरुवा गर्ने निर्णय गरेपछि चार दिनपछि मात्रै आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए ।
शेरबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…