दुषित पानीका कारण सदरमुकाममा झाडापखालाको प्रकोप
वर्षात् सुरू भएपछि सदरमुकाम खलङ्गामा वितरण परिने पानीका मुहानहरूमा समेत भेल मिसिने हुँदा सदरमुकामबासीले पिउने पानी दुषित भएपछि विभिन्न खाले रोगको सङ्क्रमण देखिन थालेको छ ।
जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका वडा नम्बर ३ र ४ का स्थानीयहरूले पिउँदै आएको पानीको मुख्य मुहान बुदबुदिमा कोलिर्फमको मात्रा अत्याधिक हुँदा सो समस्या देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले जनाएको छ ।
१ सय मिलिलिटर पानीमा ० देखी ५ पर क्यूवीक मिलिलिटर सम्म कोलिर्फम रहेको पानी पिउन योग्य रहेको भएपनि सो भन्दा बढी मात्रामा कोलिर्फम रहेको पाइएमा पानीमा औषधिको प्रयोग गरी शुद्घकिरण गरेर पिउनु पर्ने जिल्ला अस्पताल, जाजरकोटका डाक्टर केशर कार्कीले बताए ।
जाजरकोटको बुदबुदिमा रहेको पानीको मुहानलाई परिक्षण गर्दा कोलिर्फमको मात्रा एक सय ४० पर क्यूवीक मिलिलिटर रहेको पाईएको डाक्टर कार्कीले जानकारी दिए ।
वर्षात्को भेल समेत मिसिएकाले पनि कोलिर्फमको मात्रा बढेका कारण झाडापखाला फैलिएको डाक्टर कार्कीले बताए ।
सोही पानी प्रयोग गरेका कारण सदरमुकाम खलङ्गामा प्रयोग हुने पानीमा देखिएको कोलिर्फमका कारण यतिबेला मानिसहरू झाडापखालाबाट ग्रसित बनेका छन् ।
भेरी नपा-४ रानागाउँ, गैरीखाली, कारागार र जिल्ला प्रहरी कार्यालय तथा आसपासका बासिन्दामा झाडापखालाको समस्या देखिएको हो ।
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरू समेत दैनिकजसो दुईदेखि तीनजनाको सङ्ख्यामा झाडापखालाको बिरामीलाई अस्पताल भर्ना गर्नु परिरहेको जिल्ला कारागार जाजरकोटका प्रमुख तेजविक्रम शाहले जानकारी दिए ।
कैदीबन्दी मात्रै नभई सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी समेत बिरामी भएकाले निकै समस्या भएको कारागार प्रमुख शाहले बताए ।
अहिले जिल्ला कारागारमा रहेका कैदीबन्दी मध्ये सिकिस्तलाई जिल्ला अस्पताल लगिने भएपनि अन्यको उपचार कारागारमै भैरहेको समेत कारागारले जनाएको छ ।
कारागारको क्षमता १० जनाको भए पनि ५४ जना कैदीबन्दी भएका कारण झाडापखाला एकबाट अर्कोमा फैलने समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
अहिले जिल्ला कारागार, जिल्ला प्रहरी कार्यालय र सर्वसाधारणका लागि पानीलाई शुद्घकिरण गर्न प्रयोग गरिने पियुस र वाटरगार्ड लगायतका औषधि वितरण गरिएको जिल्ला अस्पताल, जाजरकोटले जनाएको छ ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका–२ का ४० वर्षीय धर्मराज यादवलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १८ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको…
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…