दुर्व्यवहार र धम्की विरुद्ध उजुरी

  ०७९ चैत ७ गते

कविलासी नगरपालिका–१० सलेमपुरकी ४२ वर्षीया अञ्जु कुमारी यादवले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नगरपालिका–१२ का ३७ वर्षीय भोला राय यादव, मलङ्गवा नगरपालिका–४ का ३२ वर्षीय वर्षीय निरज ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा २०७९ चैत ५ गते उजुरी दिएकी छिन् ।

चैत २ गते राती आरोपितहरू घरमा आई दुर्व्यवहार गरेको र ज्यान मार्ने धम्की समेत दिएको पीडित महिलाले बताउनु भयो । फागुन ३० गते छोरा २३ वर्षीय (भोला) कृष्ण कुमार यादव र भोला राय यादवको भतिजी सोनिका कुमारी यादव दुबै जना घरबाट भागेकोले आरोपितहरू आफूलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको पीडित महिलाले बताइन् ।

घटना बारे थप अनुसन्धान गरी दोषी उपर कानुन बमोजि कारबाही प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।


बुधन साह