दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी
कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश राय, कौडेना गापा–७ का ३८ वर्षीया रन्जु देवी राय र उनका पति ४२ वर्षीया मुकेश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०७९ पुस २४ गत उजुरी दिएकी छिन् ।
पति ३६ वर्षीया चन्दनप्रसाद साह माथी जबरजस्ती करणी मुद्दा चलिरहेको हुँदा आरोपितहरूले सो घटनासंग सम्बन्धीत कपाली कागज बनाउनका साथै दुर्व्यवहार गरेको तथा ज्यान मार्ने जस्ता धम्की दिएको पीडितको भनाइ छ ।
आरोपितहरूलाई कानुन बमोजिको कारबाही प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी नरेश राज सुवेदीले बताए ।
बधन साह
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…