दुर्व्यवहार घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

३४ वर्षीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–४ भदौरे बस्ने तारानाथ पौडेल, कालिका गाउँकार्यपालिका सदस्य समेत रहेकी दुर्गा भट्ट र उनका देवर विष्णुप्रसाद पौडेलविरुद्ध इलाका प्रहरी कार्यालय कालिकास्थान र कालिका गाउँपालिका न्यायीक समितिमा पीडितले ०७९ चैत १२ गते उजुरी दिनुभएको छ ।

पीडित महिलालाई आरोपितहरूले चैत ९ गते टेलिफोनमा गाली तथा दुर्व्यवहार गरेको इलाका प्रहरी कार्यालय कालिकास्थानका इन्सपेक्टर राजिव बस्नेतले जानकारी दिनुभयो ।

गाउँमा सडक तथा भवन निर्माणका लागि उपभोक्ता भेला गर्ने, फोन तथा प्रत्यक्ष भेटको क्रममा मार्ने धम्की सहित अपशब्दले गाली गरेर दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।

उजुरी आएको र कानुनी प्रक्रिया अघि बढाउने इन्सपेक्टर बस्नेतले जानकारी दिनुभयो ।


हेमनाथ खतिवडा