दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सोताङ गाउँपालिका—२ का वडासदस्य ४० वर्षीय दुर्गाप्रसाद राई र २५ वर्षीय सन्देश तामाङलाई मोसो र जुत्ताको माला लगाई दिएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई असार १४ गते गिरफ्तार गरेको छ ।
सोताङ गाउँपालिका—५ का २९ वर्षीय एकराज थापा, ३४ वर्षीय गणेश थापा र ३६ वर्षीय झनककुमार विश्वकर्मालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
जेठ १६ गते सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरित नेपाली कांग्रेसलाई मतदान गरेको आरोपमा तीन जनाले मासो र जुत्ताको माला लगाई दिएर दुर्व्यवहार गरेको प्रहरीले पीडित दुर्गाप्रसादले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितद्वयले दुर्व्यवहार भएको भन्दै आरोपितविरुद्ध जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित तीनै जनालाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ज्ञानबहादुर माझीले बताउनु भएको छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…