दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटा माथि दुर्व्यवहार गरेको अरोपमा कालिका गाउँपालिका–२ का ३८ वर्षीय विशु ढकाललाई प्रहरीले माघ २८ गते साँझ गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका असई कासीराम बुढाले बताउनु भयो ।

स्वास्थ्य सेवा विभाग सरुवा भएकाले कालिका गाउँपालिकाबाट विदाइ भएर हिँडेका सापकोटा चढेको गाडी इलाका प्रहरी कार्यालय कालिकास्थान अगाडि रोकेर ढकालले कुटपिट गर्नुका साथै मोसो दलेर दुर्व्यवहार गरेका थिए ।

ढकाललाई अभद्न व्यवहार अन्तर्तगत कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्रराज पाण्डेले बताउनुभयो ।

घटनाको बिरोधमा कालिका गाउँपालिकाभरका कर्मचारीहरूले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा सुरक्षाको प्रत्याभूति नभएसम्म भन्दै पाँच ओटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा अनिश्चितकालसम्म बन्द रहने जनाइएको छ ।


हेमनाथ खतिवडा