दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
४० वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेत जिल्ला घर भइ सिमकोट गाउँपालिका–५ मा सञ्चालित जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख ५० वर्षीय शङ्कर ढकाल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ साउन २७ गते उजुरी दर्ता भएको छ ।
आफूलाई आरोपितले साउन २० गते र साउन २४ गते पटक पटक दुर्व्यवहार गरेको भन्दै पीडितले साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । पीडितका अनुसार निमित्त कार्यालय प्रमुख ढकालले आफूलाई दुर्व्यवहार गर्नुका साथै जागिरबाट समेत हटाउन खोजेकोले उजुरी दिएको बताउनु भयो । तर निमित्त कार्यालय प्रमुख ढकालका अनुसार पछिल्लो समय नेपाल सरकारले अधिकांश हल्काराहरूलाई हटाउने प्रवधान ल्याएको हुँदा केन्द्रको आदेशले जागिरबाट हटाउन खोजेको बताउनु भयो ।
पीडितले दिनुभएको सोही उजुरीका आधारमा आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नेरन्द्रबहादुर चन्दले इन्सेकलाई जानकारी दिनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…
महिला विरुद्धको सबै प्रकारका विभेद अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सुनुवाइ प्रारम्भ
महिला विरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी संयुक्त राष्टसङ्घीय समितिको ९० औँ सेसनमा महिलाविरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सातौँ आवधिक…