दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १० गते

२५ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा नुवाकोटको शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौँको टोखा नगरपालिका-११, बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई प्रहरीले ०८० फागुन ९ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितको फेसवुक लगायत सामाजिक सञ्जालमा फोटो र नाम राखि अश्लिल म्यासेजहरू आफन्तलाई पठाई दुरुपयोग गरेर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले पुस ८ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई फागुन ९ गते काठमाडौँको गोङ्गबुबाट गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी दिपकराज अवस्थीले बताउनु भयो ।

ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट फागुन ९ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी अवस्थीले इन्सेकलाई जानकारी दिनुभयो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा