दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९, कुमारीपाटी बस्दै आएका २९ वर्षीय तुफान केसीलाई प्रहरीले ०८० भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले म्यासेन्जर मार्फत साथि बनेर भिडियो कल गरेर आफ्नो गोप्य अङ्ग देखाउने तथा उक्त भिडियो अर्को मोवाइल फोनमा रेकर्ड राख्ने र त्यस्तो कार्य नगर्न आग्रह गर्दा समेत उल्टै आफ्नो फेसवुकमा पोष्ट गरेका तस्वीरहरूमा समेत अश्लिल र अपमानजनक शब्दहरू प्रयोग गर्ने गरेको भन्दै पीडितले भदौ ३ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिनुभएको थियो ।
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको सहयोगमा आरोपितलाई भदौ ४ गते कुमारीपाटीबाट गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालतबाट भदौ ४ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
जातीय विभेद घटनाका कसुरदार गिरफ्तार
सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक…
कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !
जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २ …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको…