दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले टिकटकको दुरुपयोग गरी चरित्रहत्या गरेको भन्दै पीडित पक्षले जेठ २० गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएका थिए ।
पीडित महिलासँग आरोपितले टिकटकमार्फत साथि बनेर कुराकानी गर्ने क्रममा स्क्रीन रेकर्ड गर्ने, भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आइडी मार्फत अश्लील क्याप्सन राखी अश्लिल भिडियो बनाएर विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्ने गरेर चरित्र हत्या गरेको नेपाल प्रहरीको साइवर ब्युरो भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालतबाट जेठ २२ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले बताउनु भयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…