दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा कीर्तिपुर नगरपालिका-६ का ३५ वर्षीय नरेन्द्र केसीलाई प्रहरीले ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ ।
फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको भन्दै पीडित पक्षले वैशाख २५ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएका थिए ।
आरोपितले पीडितलाई ललाइ फकाइ अश्लिल क्रियाकलाप गर्न बाध्य पारेर उक्त भिडियो रेकर्ड गरी आफूले भने अनुसार नगरे रेकर्ड गरेको भिडियो साथिहरूलाई पठाइदिने भनेर अनुकुल व्यक्तिगत फाइदा समेत लिएको प्रहरीको साइवर ब्युरो भोटाहिटीका प्रवक्ता डिएसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालत काठमाडौँबाट वैशाख २७ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रायले बताउनु भयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…