दुर्र्यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी
फिदिम नगरपालिका–७ की ३५ वर्षीया पुष्पा राईले फालेलुङ गाउँपालिका–७ की वडा सदस्य ४० वर्षीया उमा राईविरूद्ध दुर्र्यवहारको आरोपमा भदौ ४ गते प्रहरीमा उजुरी दिनु भएको छ ।
आरोपितले ०७७ जेठ ४ गते र साउन १५ गते अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पीडितले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको हो ।
आरोपितले आफू “जनप्रतिनिधि भएको र जतिबेला,जे सुकै गर्न सक्ने भन्दै धम्की दिएको” पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
आरोपितले जनप्रतिनिधि हुँ भन्दै आफू र पति विरूद्ध सार्वजनिक स्थलमा अपशब्द प्रयोग गरी गाली गर्दै ज्यान मार्ने धम्की दिएपछि न्यायका लागि उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।
पीडित पक्षको उजरीपछि आरोपितलाई कार्यालयमा झिकाएर दुवै पक्षबीच छलफल गराउने प्रयास भएपनि सो हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले बताउनु भयो ।
आरोपितसँग घटनाको वास्तविकता बुझ्न इन्सेक प्रतिनिधि टेलिफोन सम्पर्कको प्रयास गरेपनि सो सफल हुन सकेन ।
मङ्गल वेघा
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…