दुर्गाम क्षेत्रका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन अझै सास्ती
सरकारले सामाजिक सुरक्षा भत्ता रकम बैङ्क मार्फत मात्रै भुक्तानी गर्ने व्यवस्था गरेदेखि जिल्लाका दुर्गमबस्तीमा रहेका ज्येष्ठ नागरिकहरुले सुरक्षा भत्ता लिनकै लागि सास्ती खेप्नु परेको छ ।
शैल्यशिखर नगरपालिका–४ का ७२ वर्षीया मानमति भट्टलाई सामाजिक सुरक्षा भत्ता पाउने स्थान गाउँपालिकाको केन्द्र गोकुलेश्वर पुग्न कम्तीमा सात घण्टा पैदल हिँड्नु पर्छ । ‘घरबाट गाउँपालिका केन्द्रमा रहेको बैङ्कसम्म पुग्न ओरालो तीन घण्टा हिड्नु पर्छ भने फर्किदा चार घण्टा बढी उकालो चड्नु पर्छ । बर्खाको बेला चिप्लो बाटोमा आवतजावत गर्न समस्या छ । कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छु’,– उहाँले भन्नु भयो ।
अबेर भए तल गाउँमै बसेर भोलिपल्ट बिहान घर फर्किन्छन् । बाटोमा खानेपानी समेत छैन् । बाटो समेत राम्रो बनाइएको छैन् । हरेक तीन महिनामा यसरी धाएको उहाँले लामो समय भयो । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँड्डुल गर्न उहाँलाई समस्या हुने गरेको छ । भत्ता बुझ्न बैङ्कसम्म आफै पुग्नुपर्छ । छोरा भारतमा मजदुरी गर्न जानुभएको छ ।
‘बुढेसकालले अब त उकालो चढ्न सक्दिन्,’ लामो सुस्केरा हाल्दै भट्टले सुनाउनु भयो, ‘कति दिन यसरी हिड्ड्नु ।’ विगतमा घरमै आएर भत्ता दिदा सजिलो हुने गरेको थियो । अहिले भने गाउँमा बैङ्क नआउँदा कठिन भएको छ ।
उहाँसँगै ७० वर्ष पुगेका दामा भट्ट पनि भत्ता लिन अब हिड्डुल गर्न कठिन भएको सुनाउनु हुन्छ । बैङ्कमा खाता खोलिएको छ । चेक साट्नु परे पुग्नै प¥यो । खातामै राख्यो भने, घरमा नुनतेल केले गर्ने भन्ने समस्या हुन्छ । शैल्यशिखर नगरपालिकाको सबै भन्दा विकट वडा नम्बर ४ हो । यो वडासम्म सडक पहँुच पुगेको छैन् । अन्य सबै वडामा सडक पहुँच पुगेको छ ।
यो वडाकै जस्तो समस्या जिल्लाको शैल्यशिखरसँग जोडिएको दोगडाकेदार गाउँपालिकाको पनि छ । दोगेडाकेदार गाउँपालिका–१ र ६ का स्थानीय सामाजिक सुरक्षा भत्ता लिन गोकुलेश्वर पुग्ने गरेका छन् ।
दोगेडाकेदार गाउँपालिका–६ सलेनाका ७५ वर्षीया विस्ना भाट दुई दिन हिडेर जिल्लाको सदरमुकाम गोकुलेश्वरमा सामाजिक सुरक्षा भत्ता लिन आउने गर्नु हुन्छ । गोकुलेश्वरमा रहेको ग्लोबल बैङ्कमा भत्ता लिन दुई दिन हिड्नुपरेको उहाँ बताउनुहुन्छ । ‘एकै दिनमा बैङ्कसम्म पुग्न सक्दिन,’ उहाँले भन्नु भयो, ‘बाटोमा बास बसेर भत्ता बुझ्न यहाँ आएको हु ।’
सोही ठाउँका ८० वर्षीया नन्दादेवी भाटलाई भत्ता लिन उहाँका छोरा नारायण भट्टले बोकेर ल्याएको सुनाउनु भयो । बिहान ५ बजे घरबाट हिडेर भत्ता लिन गोकुलेश्वर पुगे, उहाँले भन्नु भयो, वृद्धा आमालाई बोेकेरै ल्याउनुपरेको छ । गाउँसम्म सडक पहुँच र बैङ्क नहुँदा यो समस्या भएको हो । दोगडाकेदार क्षेत्रबाट नजिकको बैङ्क शैल्यशिखरस्थित बैङ्क पर्ने गर्छ ।
‘भत्ता लिन आउने दिन बिहान ५ बजे घरबाट निस्क्नुपर्छ,’ अर्का वृद्ध दौलतसिह कुँवरले भन्नु भयो, ‘बिहान बैङ्क खुल्न अगावै नपुगे यहाँ पनि लाइनमै कुर्नुपर्छ ।’ गाउँमै भत्ता वितरण हुने अवस्था आए वृद्धवृद्धाहरुले दुःख पाउने थिएनन्, उहाँको भनाइ छ ।
बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने गर्छ । यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिनेहरु साह«ै कष्टकर यात्रा गर्नुपरेको अनुभव सुनाउँछन् ।
सरकारले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैङ्कका शाखा खुलेका छन् । तर, पहाडी जिल्लाका दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घण्टौँ पैदल हिँड्नु पर्ने बाध्यता रहँदै आएको छ ।
बुढेसकालमा लौरोको सहारामा घण्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धाहरुको गुनासो छ । उमेरले डाँडा काटेपछि हिँड्डुल गर्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नै पर्ने कर छ, शैल्यशिखर नगरपालिका–४ का पावर्त भट्टले भन्नु भयो ।
स्थानीय तह आउनु भन्दा अघि वडा सचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैङ्कमार्फत भत्ता दिने गरिएको हो । यसरी बैङ्कमार्फत सम्बन्धित व्यक्तिको बैङ्क खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासीबासीको गुनासो छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामसिह ठगुन्ना वृद्धवृद्धालाई सास्ती नहोस् भन्नको लागि कतिपय बेला चेकमा दस्तखत गराएर सम्बन्धित वृद्धवृद्धाको नजिकको मान्छेलाई सिफारिस पठाएर पनि चेक साट्न लगाएको बताउनु भयो । ‘हामीले सक्ने प्रयास गरेका छौँ । तर, भौगोलिक विकटता र सडक पहुँच नहुँदा अझै केही समय वृद्धवृद्धालाई हिँड्डुलमा समस्या हुने अवस्था देखिएको छ ।’ आफूले बैङ्कहरुलाई दुर्गम क्षेत्रमा घुम्ती रुपमा भत्ता वितरणको लागि नगरपालिकासँग पहल गरेको उहाँको भनाइ छ ।
शैल्यशिखर नगरपालिका–४ मा मात्रै ज्येष्ठ नागरिक गैरदलित १ सय ३६ जना, दलित नो जना, पूर्ण अपाङ्गता भएका पाँच जना, आंशिक अपाङ्गता भएका १० जना र ज्येष्ठ नागरिक एकल महिला १७ जना रहेका छन् ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…