दुर्गम क्षेत्रमा प्रसुति गृह नहुँदा घरमै सुत्केरी गराउन बाध्य
जुम्लाका अधिकांश दुर्गम क्षेत्रमा प्रसुति गृह नहुँदा गर्भवती महिलालाई घरमै सुत्केरी गराउन बाध्य भएका छन् । गाउँमा महिला स्वास्थ्य स्वयमसेविका र सुँडेनीको भरमा सुत्केरी हुने गरेका छन् ।
गुठिचौर, पातारासी, तिला, कनकासुन्दरी तातोपानी, सिंजा गाउँपालिकाका दुर्गम गाउँबस्तीका महिलाले सहजै प्रसूति सेवा पाउन सकेका छैनन् । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको पैदल जानुपर्ने भएकोले उहाँसँग घरमै सुत्केरी हुनुको विकल्प थिएन । घरमा सुत्केरी हुँदा साल अड्कियो । उहाँलाई बर्थिङ सेन्टरसम्म बोकेर साल निकालिएको थियो । गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्य संस्थामै गराउनुपर्ने सरकारी मान्यता भए पनि दुगर्मका बस्तीमा लागु हुन सकेको छैन । सोही गाउँकी पानसा बुढालाई दुई वर्षअघि सुत्केरी व्यथाले च्याप्यो । डोकोमा बोकेर लैजाँदा बाटोमै सुत्केरी हुन सक्ने देखिएपछि परिवारले पनि घरमै सुत्केरी हुन दिए । उहाँको पनि सालनाल निस्केन । उहाँको गाउँदेखि बर्थिङ सेन्टर पुग्न तीन घण्टा लाग्छ । उहाँहरू जस्तै दुर्गम गाउँका अधिकांश गर्भवति महिला प्रसुति सेवा नपाएर गाउँ घरमै सुत्केरी हुने गरेका छन् ।
कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाका अनुसार लेकपुर गाउँबाट मात्रै बर्सेनि २० देखि २२ जना महिलाहरू सुत्केरी हुने गरेका छन् । तीमध्ये अधिकांश गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । 'पायक पर्ने स्वास्थ्य संस्थामा प्रसूति सेवा छैन । टाढा स्थापना भएका बर्थिङ सेन्टरको अवस्था समेत बुझ्न पाइरहेका छैनौँ । हामी त जोखिम हिसाबले सुत्केरी भइरहेको छौँ', पानसाले भन्नुभयो । गाउँपालिकामा एम्बुलेन्स पनि छ । तर गाउँमा सडक नजोडिएकोले एम्बुलेन्स जाँदैन । सुत्केरी, बिरामी बोक्ने राम्रो स्ट्रेचर समेत छैन । हिउँदको चिसो समयमा सबै पुरुषहरू व्यापारको शिलशिलामा बाहिर जिल्लातिर गएकाले महिला निकै जोखिमका साथ सुत्केरी भइरहेका हुन्छन् ।
हिउँदमा घरमा सुत्केरी हुन नसक्ने अवस्थामा महिलाले मात्रै बोकेर गर्भवती सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजान सक्दैनन् । स्थानीय पार्वती बुढाले भन्नुभयो, ‘व्यवहारमा सेवा नपाएर बिरामी सुत्केरीहरू गाउँमै छटपटाइरहेका छन् ।’
सरकारले घरमा सुत्केरी हुने दर शून्यमा झार्ने अभियान अनुसार नियमित चार पटक गर्भजाँच गर्नुपर्ने र त्यो वापत् ८ सय रुपियाँ समेत दिने व्यवस्था गरेको छ । सुत्केरी स्वास्थ्य संस्थामा गराए बापत् ३ हजार रुपियाँ यातायात खर्च स्वरुप पाउने प्रावधान पनि छ । तर लेकपुर गाउँका गर्भवती महिलाले नियमित गर्भजाँच गर्न र स्वास्थ्य संस्थामा सुत्केरी हुन पाइरहेका छैनन् । सरकारबाट पाउनुपर्ने सबै सेवाबाट उनीहरू वञ्चित भइरहेका छन् । नियमित काममा खटिरहनु पर्ने, अपरिपक्क उमेरमा विवाह गर्ने, सानै उमेरमै बच्चा जन्माउने दुर्गममा भइरहन्छन् । सानै उमेरमा विवाह गर्दा स्वास्थ्य समस्या देखा पर्छ । त्यो भन्दा खतरा आमा र बच्चाको अवस्था निकै जोखिममा हुने गरेको छ ।
स्वास्थ्य शाखा सह-संयोजक छाया घर्तीले लेकपुर गाउँमा बर्थिङ सेन्टरको आवश्यकता भएको बताउनु भयो । उहाँले भन्नुभयो, 'स्थानीय तहले गर्भवतीका लागि एम्बुलेन्स सेवा दिइरहेको छ । पालिकाभित्र पाँच ओटा बर्थिङ सेन्टर छन् । तर लेकपुर गाउँका महिला सबै सेवाबाट वञ्चित नै छन् ।'
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यका अनुसार त्यो लेकपुर गाउँमा कच्ची सडक पुगेको छ । सडक स्तरवृद्धि गरी नियमित रूपमा एम्बुलेन्स सवारी साधन सञ्चालन गर्ने उहाले बताउनु भयो । लेकपुर गाउँका गभर्वती महिला सहजै प्रसुति गृहमै आउन सक्ने वातावरण सिर्जना गर्ने उहाँले प्रतिबद्ध व्यक्त गर्नुभयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…