दुर्गम उत्तरी क्षेत्र भोटखोलामा मतदान सामग्री पठाउन थालियो
जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा वैशाख ३० गते हुन निर्वाचनका लागि मतदान सामग्री पठाउन थालिएको छ । भोटखोला पुग्न गाडी र पैदल गरेर चार दिन सम्म लाग्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भोटखोला गाउँपालिकामा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली पठाएको छ ।
वैशाख २४ गते पहिलो चरणमा भोटखोला गाउँपालिकाको १० ओटा मतदान केन्द्रका लागि मतदान सामग्रीसहित मतदान अधिकृत पठाइएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
सदरमुकाम खाँदवारीबाट भोटखोला गाउँपालिकाको मतदान केन्द्रमा पुग्न चार दिन लाग्ने भएकाले वैशाख २४ गतेदेखि मतदान सामग्री पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताउनु भयो । भोटखोला गाउँपालिकामा पाँच ओटा वडामा १० ओटा मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लाभर शान्ति सुरक्षाको तयारी पुरा गरी वैशाख २४ गतेबाट मतदान अधिकृतसहितको टोली पठाउन सुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदरमुकाम खाँदवारीबाट भोटखोला जानुअघि भोटखोला गाउँपालिकाका निर्वाचन अधिकृत मोहनमणि घिमिरेले भोटखोला गाउँपालिका हिमाली क्षेत्र र अति विकट भएकाले भुगोल अनुसार तयारी गरेर जानु पर्ने बताउनु भयो । उहाँले भोटखोला गाउँपालिकासम्म पुग्न गाडी र पैदल हिड्नु पर्ने भएकाले आवश्यक कपडासहित औषधि, खानपिन लगायतका सामाग्री बोक्नु पर्ने बताउनु भयो ।
भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट सम्पर्क गर्न मतदान अधिकृतलाई आग्रह गर्नु भयो । जिल्लामा स्थानीय तह निर्वाचनका लागि १ सय ६२ ओटा मतदान केन्दमा सुरक्षा निकाय बाहेक करिव ८ सय कर्मचारी खटाइएको छ ।
जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ ।
सुरक्षालाई मजबुत बनाउनका लागि १ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनु भयो । प्रत्येक मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिने गरी व्यवस्था मिलाइएको छ । त्यस भन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यस भन्दा बाहिरी घेरा नेपाली सेनाले कभर गर्ने बताइएको छ ।
स्थानीय तह निर्वाचन लागि जिल्लाका १० ओटा स्थानीय तहका १ सय ३ ओटा मतदान स्थलमध्ये सुरक्षा सम्वेदनशीलताका हिसाबले आठ ओटा मतदानस्थललाई अति सम्वेदनशील मानिएको छ ।
मतदान केन्द्रहरू सम्वेदनशीलता हेरेर सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा गस्ती गरिरहेको गरेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भएको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…