दुर्गमका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी टुकीको भरमा उपचार गर्न बाध्य
स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई टुकीकै भरमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सोलारको व्यवस्था नभएपछि सेवाग्राही र कर्मचारीले सस्ती खेप्नु परेको छ ।
रातीको समयमा आउने सुत्केरी तथा अन्य आकस्मिक उपचारका लागि आउने बिरामीलाई टुकी बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले गुनासो गर्दै आएका छन् ।
स्वास्थ्य चौकीमा विद्युत आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युुत आयोजनाको विद्युत सेवा ११ दिनदेखि बन्द भएपछि स्वास्थ्यकर्मीलाई टुकी बालेर उपचार गर्नु परेको हो ।
सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीका वरिष्ठ अनमि रमिता रोकायाले विद्युत् नभएपछि हाल दैनिक रूपमा रातीको समयमा टुकी बालेर बिरामीको उपचार गर्नुपरिरहेको गुनासो गर्नु भयो । हिल्दुुम विद्युत वितरण केन्द्रको विद्युत असोज १७ गतेदेखि अवरुद्ध हुँदै आएपछि स्वास्थ्य चौकीलाई यो बाध्यता आइलागेको हो । उहाँले लगातार वर्षा भएको कारण सल्लोको दियालो बालेर उपचार गर्न नसकिने भएपछि टुकी बालेर उपचार गर्ने कार्य भइरहेको बताउनुभयो ।
स्वास्थ्यकर्मीलाई रातीको समयमा विशेष गरी सुत्केरी र अन्य इमरजेन्सी बिरामीको उपचारमा समस्या हुने गरेको छ । स्वास्थ्य चौकीमा सोलारको व्यवस्था नहुँदा विद्युत् नभएको बेला अन्य विकल्पबाट उज्यालो गर्न सकिने अवस्था छैन । इन्भर्टर लगायतका वैकल्पिक व्यवस्था गर्न सेवाग्राहीले सरकारसँग माग गरेका छन् । यो समस्या सिमकोट र खार्पुनाथ गाउँपालिका मात्रै नभई अन्य सात वटा गाउँपालिकाका स्वास्थ्य चौकीमा पनि देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रेमबहादुर सिंहले बताउनु भयो ।
विद्युत अवरुद्धले असोज २६ गते मात्रै सिमकोट गाउँपालिका–७ डाँडाफया स्वास्थ्य चौकीमा एक जना महिलाको टुकि बालेर सुत्केरी गराउनु परेको डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २०…
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…