दुम्लीङमा तुईन काटिदा दैनिक आवतजावत ठप्प !
व्याँस गाउँपालिका–२ दुम्लीङका स्थानीयको दैनिक आवतजावत महाकाली नदीमा तुईनमार्फत हुने गर्छ । तर, त्यो तुईन पनि भारतीय सुरक्षाकर्मीले काटिदिएपछि यहाँका स्थानीयको आवतजावत ठप्प बनेको छ ।
कुटानिपिसानीदेखि खाद्यान्न ढुवानी भारतबाटै हुने गर्छ । सदरमुकाम खलंगासम्म आउजाउँ त्यहिँ तुईनबाट स्थानीयले गर्दै आएका थिए । तर, भारतीय स्वतन्त्रता दिवसमा समस्या हुने भन्दै एसएसबीले तुईन काटिदिएको हो । स्थानीयले नेपाल–भारत जोड्ने गरी महाकाली नदी माथि फलामे तारको सहारा बनाएका थिए ।
अहिले नेपाल–भारत जोड्ने झोलुङ्गे पुल गाउँ भन्दा दुई घण्टाको दुरीमा छ । पुलको लागि पटकपटक पहल गर्दा पनि सुनुवाइ हुन नसकेको व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धीरनसिह बुढाथोकीले बताउनु भयो । दुम्लीङमा झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा वर्षेनी स्थानीयको ज्यान जाने गरेको उहाँले बताउनु भयो ।
महाकाली नदी वारपार गर्न जिल्लाको लेकमदेखि व्याँसको सीतापुलसम्म दर्जन झोलुङ्गे पुल निर्माण गरिएका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुईन तथा ट्युब विस्थापन अभियान अन्तर्गत आँधा दर्जन बढि झोलुङ्गे पुल बने । तर व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लीङमा भने अहिलेसम्म झोलुङ्गे पुल नहुँदा स्थानीय अझै पनि तुईनकै सहारामा आवतजावत गर्न बाध्य छन् ।
स्थानीय प्रभाकर बुढाथोकी यस्तै अवस्था रहे दुम्लीङबासीको आवतजावत पूरै ठप्प हुने अवस्था आएको बताउनु हुन्छ । मालघाट भएर आउजाउ गर्न पनि घोरेटो बाटो ठाउँठाउँमा अवरुद्ध छ । झोलुङ्गे पुलसम्म पुग्न सकिने अवस्थाको बाटो छैन् । पुल पुग्न पनि चार घण्टा बढि समय लाग्छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसरपानी–दुम्लीङ–तिंकर सडक निर्माणकार्य चाडो सम्पन्न भए मात्रै दुम्लीङबासीलाई सहज हुन्छ, उहाँले भन्नु भयो । बिरामी भयो भने पनि अस्पताल पुर्याउन बाटोघाटो छैन् ।
दुम्लीङबासीलाई जुनसुकै सरकार आए पनि उपेक्षा गरेको महेन्द्र बुढाथोकीको भनाइ छ । सबै राजनीतिक दलका नेता र सरकारलाई दुम्लीङमा झोलुङ्गे पुलको लागि ज्ञापन बुझाएका छौँ तर अहिलेसम्म कसैको ध्यान यहाँ पुगेन् । वर्षेनी एक दुई जनाको तुईनबाटै खसेर ज्यान जाँदा पनि राज्यको ध्यानाकर्षण हुन नसकेको उहाँको आरोप छ । २०५५ सालयता मात्रै दुम्लीङघाटमा तुईनबाट खसेर ज्यान गुमाउनेको सङ्ख्या २८ जना भन्दा बढि छ ।
यहाँका विद्यार्थी सदरमुकाम खलंगा पढ्न आउँछन् । कहिलेकाही घर जानुपर्दा समेत समस्या हुने गरेको छ । अभिभावकबीना केटाकेटी एक्लै पठाउन सकिने अवस्था छैन् । नेपाल सरकारले दार्चुला तिंकर सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण पनि यहाँका जनताले दुःख पाएका छन् ।
व्याँस गाउँपालिकाका अध्यक्ष मंगललसिह धामीले दुम्लीङ्ग पुलको विषयमा आफुले पटकपटक लेखेर मन्त्री प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको बताउनु भयो ।
०८१ साउन १४ गते दार्चुलाबासीकोतर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुम्लीङमा झोलुङ्गे पुल निर्माणको लागि आवश्यक पहल गरिदिन निवेदन दिइएको छ । जिल्लाबासीको तर्फबाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्ना नेतृत्वको टोलीले ज्ञापन बुझाएको थियो ।
तुईन तथा ट्युब विस्थापन कार्यक्रम अन्तर्गत नेपाल–भारत जोड्न लाली, बाँकु, बडूगाउँ, तिग्रम, मलघट्टे र मालमा झोलुङ्गे पुल निर्माण गरिएको छ । यस्तै जोलजीवि, दत्तु, खलंगा र व्याँसमा झोलुङ्गे पुल सञ्चालनमा छ । महाकाली नगरपालिका–८ स्थित काकडामा नेपाल–भारत जोड्ने मोटरवेल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
बाढीले विद्युत नहर बगायो, दुम्लीङ गाउँ अन्धकारमा !
व्याँस गाउँपालिका वडा नम्बर–२ दुम्लीङमा रहेको लघुजलविद्युतको नहर बगाएपछि गाउँ पूरै अन्धकार भएको छ । ०८१ साउन २८ गते घट्टेखोलामा आएको बाढीले नहर बगाएपछि १ सय बढि घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् ।
१८ वर्षअघि गरिबी निवारण कोषको सहयोगमा निर्माण गरिएको १४ किलोवाट क्षमताको लघुजलविद्युत निर्माण गरिएको थियो । विद्युतले तल्लो दुम्लीङ, मल्लो दुम्लीङकाबस्ती साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र अपि नाम्पा संरक्षण क्षेत्रको रेन्जपोष्टमा समेत विद्युत वितरण गरिएको थियो ।
बाढिले खोलामा रहेका तीन ओटा काठे पुल बगाउँदा आउजाउमै समस्या भएको स्थानीय प्रभात बुढाथोकीले बताउनु भयो । गाउँमै वारपार गर्न समेत समस्या भएको छ । विद्यार्थी पढ्नबाट वञ्चित छन् ।
बाढिले पूरै नहर बगाएपछि अहिले पूरै गाउँ अन्धकार भएको वडा नम्बर २ का वडाध्यक्ष धिरनसिह बुढाथोकीले बताउनु भयो । यो ठाउँसम्म नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन् । विद्युत व्याँस गाउँपालिका–३ को सीनासम्म मात्रै पहुँच छ । हाम्रो वडासम्म विद्युतको लाइन तत्कालै पुग्ने अवस्था पनि छैन् अध्यक्ष बुढाथोकी बताउनु हुन्छ । गाउँ पूरै लघुजलविद्युतको भरमा थियो । सोलार छैनन् ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…