दुई हप्तादेखि श्रीनगरमा खानेपानीको समस्या
दुई हप्तादेखि अदानचुली गाउँपालिका–२ र ३ श्रीगरमा खानेपानीको समस्या भएको छ । कतै वर्षा र कतै स्काभेटरले सडक खन्ने क्रममा भत्केका कारण खानेपानी लाइनको पाईपमा क्षति पुर्याएपछि जेठ २८ गतेदेखि दुई ओटा वडाका स्थानीय नागरिक खानेपानीबाट बञ्चित भएका हुन् ।
करीब ९ किलो मिटर टाढाबाट ल्याएको खानेपानीमा समस्या आएपछि गाउँका धाराहरु रित्तो बनेको अदानचुली गाउँपालिका–२ का स्थानीय भारमल बुढाले बताउनु भएको छ । स्थानीय बुढाका अनुसार धारामा पानी नआएपछि गाउँभन्दा करिब आधा घण्टा समय लाग्ने सिलङगी भन्ने स्थानमा पुगेर इनारको पानी तानेर पिउनुपर्ने बाध्यता छ ।
सो ठाउँको पानी पनि लाइनमा बसेर भर्नु पर्ने अवस्था रहेको सोही ठाउँका अर्का स्थानीय टिकाबहादुर मल्लले गुनासो गर्नु भएको छ । स्थानीय नागरिकहरूका लागि लाइन बसेर पानीको जोहो गर्नु पर्ने भए भएको स्थानीय मल्लको भनाइ छ ।
त्यसै गरी गाउँभरी पानीको अभाव भएपछि वडा–२ स्थित सुर्यादय माध्यमिक विद्यालयका विद्यार्थी पनि हाल सोही ठाउँको एक होटेलमा गएर पानी पिउने गरिरहेका छन् । खानेपानीकै लागि विद्यालयबाट करिब आधा घण्टा टाढा रहेको मुलमा पुगेर पानी पिउनु पर्ने बाध्यता पनि रहेकोे विद्यालयका प्रधानाध्यापक सुरविर शाहीले बताउनु भएको छ ।
खाने पानीको पाइप लाइनलाई मर्मतका लागि स्थानीय र चौकीदार नियमित रुपमा काम गरिरहेको भएपनि सम्पन्न हुन नसकेको चौकीदार हेलु भण्डारीले बताउनु भएको छ । एक वर्ष पहिले पनि सडक निर्माणको क्रममा ठाउँठाउँमा पाईप चुँडिएपछि समस्या बनाएको थियो ।
खानेपानीको समस्याका विषयमा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहलाई बुझ्दा यो समस्या हल गर्नका लागि स्थानीय र चौकीदारहरूले नियमित रुपमा काम गरिरहेका छन् । कामदारलाई गाउँपालिकाले ज्यालाका लागि केही रकम उपलब्ध गराउने बताउनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…