दुई हप्तादेखि विद्यालय बन्द, पठनपाठन प्रभावित
नाम्खा गाउँपालिका-२ को सत्य प्राथमिक विद्यालय लामा खोल्सीमा कार्यरत शिक्षक नहुँदा उक्त विद्यालयको पठनपाठन असार २० गतेदेखि प्रभावित भएको छ ।
विद्यालयमा शिक्षक नहुँदा दुई हप्तादेखि बन्द विद्यालय साउन ३ गतेसम्म खुल्न नसकेको स्थानीयबासी पेमा हिसे लामाले गुनासो गरे ।
विभिन्न कामको बाहनामा शिक्षक सिमकोटलगायत विभिन्न ठाउँमा जाने गरेको हँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको लामाले गुनासो गरेका हुन् । सो विद्यालयमा दरबन्दीमा दुई जना र राहतबाट दुई जना शिक्षक रहेको विद्यालयमा यतिखेर एक जनापनि शिक्षक नभएपछि विद्यालयमा ताला लागेको छ ।
विद्यालय बन्द हुँदा करिब ५५ जना बालबालिकाको पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका सदस्य ठोक्याल लामाले बताए । लामो समयसम्म शिक्षक विद्यालयमा हाजिर नभएको सदस्य लामाले बताएका छन् ।
जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताए । यस विषयमा बुझेर कारबाहीको प्रकृया अगाडि बढाउने जिशिअ थापाले प्रतिबद्धता जनाए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…