दुई हप्तादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा
दुई हप्तादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा के.आइ.सिंह गाउँपालिका–३ बासुदेबि दल्ल गाउँका करिब ४ सय घरपरिवारले समस्या झेल्नु परेको छ ।
विद्युत सेवा अवरुद्ध भएको दुई हप्ता वितिसक्दा समेत नेपाल विद्युत प्राधिकरण र स्थानीय सरकारले कुनै चासो नदेखाएका कारण आफूहरुले सास्ती खेप्नु परेको स्थानीयहरुले गुनासो गर्नु भएको छ ।
भदौ ५ गते आएको हावाहुरीले स्थानीय दल्ल विद्युत ट्रान्समिटरमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध हुँदै आएको हो ।
विद्युत अवरुद्ध हुँदा साँझ बिहान घरायसी काम गर्न र बालबालिकाहरुको पढाइमा समेत समस्या हुने गरेको दल्ल गाउँकी स्थानीय ३५ वर्षीया लक्ष्मीदेवी ऐरले गुनासो गर्नु भयो ।
उहाँले दुई हप्ता वितिसक्दा समेत बिजुलि मर्मत गरी जनतालाई सेवा दिन नसक्ने सरकारबाट नागरिकले ठुलो अपेक्षा राख्न नसकिने बताउनु भयो ।
विद्युत प्राधिकरण दिपायल शाखालाई विद्युत अवरुद्ध बारेमा पटक पटक जानकारी गराउँदा समेत सुनुवाइ हुन नसकेको स्थानीय तारासिंह ऐरले बताउनु भयो ।
विद्युत सेवा उपलब्ध गराए वाफत राज्यले आफूहरुबाट कर लिदै आएको भएपनि विद्युत अवरुद्ध भएको समयमा कुनै चाँसो नदिनु नागरिकप्रति राज्यको गैरजिम्मेवार पन भएको स्थानीय ऐरको भनाइ छ ।
विद्युत अवरुद्धका कारण पढाइ लेखाइमा समेत समस्या भएको बासुदेवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा लक्ष्मी बिकले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘दुई घण्टा विद्यालय आउन जान लाग्छ । घरमा अलिअलि घरायसी काम हुन्छ । साँझपख गृहकार्य गर्दा बत्ती हुदैन । आज आउँछ, भोली आउँछ भन्दा भन्दै १५ दिन वितिसक्यो । बिजुली आउने अत्तोपत्तो छैन् ।’
विद्युत प्राधिकरण दिपायल शाखाका के.आइ. सिंह फिल्ड सुपरभाइजर उत्तमबहादुर राणाले नयाँ ट्रान्समिटर गाउँपालिकामा आइ सकेकाले एक / दुई दिन भित्रै विद्युत सुचारु हुने बताउनु भयो ।
ट्रान्समिटरमा आएको खराबीका कारण भदौ ५ गतेदेखि विद्युत अवरुद्ध भएपछि स्थानीयले समस्या झेल्नु परेको बताउनु भयो ।
उहाँले नयाँ ट्रान्समिटर गाउँपालिकामा ल्याउने काम भइसकेको अवरुद्ध भएको विद्युत सेवा एक / दुई दिन भित्रै सुचारु हुने बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…