दुई सञ्चार माध्यमलाई प्रेस काउन्सिलद्वारा स्पष्टिकरण माग

  ०८१ साउन १७ गते

वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, घृणास्पद अभिव्यक्तिलाई स्थान दिई प्रसारण र एकपक्षीय आरोप वा भनाइलाई पुष्ट्याई नगरी प्रसारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले दुई ओटा सञ्चार माध्यमलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र लेखेको छ  ।

पत्रमा यस्ता किसिमका सामग्री सम्प्रेषण हुनु प्रचलित कानुन एवम् पत्रकार आचारसंहिता विपरीत कार्य रहेको काउन्सिलले हेलोटिभी टिभी नेपाल फेसबुक पेज र पिएनपि मिडिया युट्युब च्यानललाई विवादित अंश हटाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न काउन्सिलले निर्देशन  दिएको हो ।

पेसागत आचारण बमोजिम कुनै जिम्मेवारी बहन गर्नु नपर्ने, अप्राकृतिक भ्यूअर बढाएर त्यसबाट रकम मात्र आर्जन गर्ने, पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्तिसहित गालीगलौजपूर्ण सामग्रीलाई स्थान दिने, आपत्तिजनकरूपमा समाजलाई नै धुमिल तुल्याउने गरी वैयक्तिक गोपनीयताविपरीत, चरित्रहत्या गर्ने, जात, समुदाय, परिवारलाई विश्वण्डित गर्ने किसिमका एकपक्षीय एवम् सन्तुलनरहित सामग्री सम्प्रेषण नगर्न नगराउन पटकपटक सम्बन्धित पक्षसमक्ष अपिल गर्दै आइरहेको काउन्सिलले जनाएको छ ।

द्वन्द्वलाई बढावा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग, हिंसा, पासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुष्ट्याइबिना अप्राकृतिक रूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जना गरी सामग्री सम्प्रेषण गरेको भन्दै विशेष अनुगमन काउन्सिलले गरेको छ ।

विभिन्न तरिकाले सञ्चालन भइरहेका युट्युव च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउने उद्देश्यका साथ युट्युव च्यानलको सञ्चालन र त्यसबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासाहरू बढ्दै गएको पनि काउन्सिलले जनाएको छ ।

०८०–१२–१२ गतेको बसेको काउन्सिलको बैठकबाट स्वीकृत भएको युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि अनुसार नियमित अनुगमन गर्दै आइरहेको छ ।

यही कममा २०८१ साउन महिनामा हिंसा, आतङ्कलाई प्रश्थय पुग्ने, हुँदै नभएका निराधार,अफवाहपूर्ण, अतिरञ्जित थमनेल सहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण भई आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रकिया अधि बढाइएको छ ।

दर्ता सूचीकरण भएका सञ्चार माध्यमअन्तर्गत सामाजिक सन्जालबाट हिंसा, आतङ्क एवम् वासलाई प्रश्रय पुग्ने अभिव्यक्तिलाई स्थान दिएका, आचारसंहिता प्रतिकूल देखिएका अंशलाई हटाइ सम्पादन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न एवम् अश्लील सामग्रीको हकमा तत्काल हटाउन निर्देशन दिएको छ ।


दीपा सुनुवार