दुई वर्षीया नाबालक छोरीलाई कुटपिट गरेको आरोपमा बावु गिरफ्तार
सन्धिखर्क नपा-१ मा अस्थायी बसोवास गर्ने दई वर्षीया नाबालिका रमा धामीलाई मङ्सिर १० गते कुटपिट गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय बावु जगदीशसिंह धामीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
दार्चुला स्थायी घर भई सन्धिखर्क नपा-१ मा बसोवास गर्ने बावुले पहिलो पत्नी हुदाँहुँदै अर्को विवाह गरेपछि पहिलो पत्नीबाट जन्मेको छोरीलाई खान नदिने, पटक पटक कुटपिट गर्ने गरेको स्थानियबासीले जानकारी दिए ।
बाबुले पहिलो पत्नीबाट जन्मेको दई वर्षको बच्चालाई खान नदिने, कुटपिट गर्ने, कपडासमेत नदिने गरेको सूचनाको आधारमा पीडित बालिकाको बावुलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनराज भण्डारीले जानकारी दिए ।
बाबुको कुटपिटबाट बालिकाको शारीरमा सामान्य घाउहरू भएकोले स्थानीयले मेडिकलमा सामान्य उपचार गराएका थिए ।
पीडित बालिकाको आमाले अर्को विवाह गरी सम्पर्क बाहिर रहेकोले बालिकाको मावली पक्षले स्याहार सुसार गरिरहेको स्थानीयहरूले बताएका छन् ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…