दुई महिनामा ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित
इन्सेकले सन् २०२३ को जनवरी र फेब्रुअरी तथा मार्च ७ सम्म ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित भएको जनाएको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश जारी गर्दै हिंसाको अवस्था सार्वजनिक गर्दै सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।
‘देशभरिबाट सङ्कलित तथ्याङ्कका आधारमा गरेको अभिलेख अनुसार सन् २०२३ को जनवरीदेखि हिजो मार्च ७ सम्म बालिका र महिला गरी ३ सय ४९ जना पीडित भए ।’–विज्ञप्तिमा भनिएको छ ।
इन्सेकले यो अवधिमा १ सय १ जना बालिका र २ सय ४८ जना महिला पीडित भएका जनाएको छ । अभिलेखित घटना अनुसार बालविवाहका घटनामा पाँच जना, बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना, बलात्कारका घटनामा ७४ जना र यौन दुर्व्यवहारका घटनामा १९ जना बालिका पीडित भए ।
त्यसैगरी सन् २०२३ को यो अवधिमा घरेलु हिंसामा परी १ सय ९३ जना महिला पीडित भए । बहुविवाहका घटनामा १३ जना, बलात्कार प्रयासका घटनामा सात जना, यौन दुर्व्यवहारका घटनामा दुई जना, बलात्कारका घटनामा ३० जना र बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना महिला पीडित भएका घटना अभिलेख गरिएको छ ।
इन्सेकका अध्यक्ष डा. अर्यालले १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाली महिलालाई शुभकामना व्यक्त गर्नु भएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘यस अवसरमा हामी महिला तथा बालिकामाथि हुने कुनै पनि किसिमको हिंसा विरुद्ध शून्य सहनशीलता दर्शाउन सम्बन्धित सबैलाई आह्वान गर्दछौँ ।’
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…
बलात्कार प्रयास घटनाको मुद्दा मुल्तबीमा
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वका २२ वर्षीय राजेश सरदारविरुद्धको मुद्दा जेठ २२ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको…