दुई महिनादेखि धैनकोट स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन
धैनकोट गाविसमा रहेको स्वास्थ्य चौकी दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको स्थानीयले आरोप लगाएका छन् ।
धैनकोट गाविसको स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्तोष मल्ल र सुरेन्द्र शाह मङ्सिर महिनामा सरुवा भएर अन्यत्र गएपछि रिक्त रहेको दरबन्दीमा जिल्ला स्वास्थ्य कार्यालयले अन्य स्वास्थ्यकर्मीलाई पठाउन नसक्दा स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन बनेको हो ।
स्वास्थ्य चौकीका दुवै अहेब सरुवा भई अन्यत्र गएपछि जिल्ला स्वास्थ्य कार्यालयले छिमेकी गाविस नार्थपुका हिरा नेपालीलाई करार नियुक्ति गरेको थियो । हिरा लोकसेवाको लिखित परीक्षा पास भई मौखिक परीक्षामा सहभागी हुनका लागि जुम्ला गएपछि अहिले कार्यालय सहयोगी जय जैसी र फेज नेपाल नामक गैरसरकारी संस्थाका कर्मचारीको भरमा स्वास्थ्य चौकी खुल्ने गरेको छ ।
धैनाकोट गाविस-७ का धनराज शाहीले दिएको जानकारी अनुसार मङ्सिर महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गाविसका बालबालिकाको नियमित खोप, गर्भवती महिलाको खोपका साथै अन्य सेवा नपाएको स्थानीयको गुनासो छ ।
स्वास्थ्य संस्थामा कार्यरत अहेब मल्लको श्रेत्रीय स्वास्थ्य निर्देशनलाय सुर्खेत र शाहको स्वास्थ्य मन्त्रालयबाट सरुवा भएको थियो । रिक्त स्थानमा एक जनालाई करार नियुक्त गरेको भएपनि उनीसमेत अन्यत्र गएकाले समस्या उत्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सरोज अधिकारीले बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…