दुई महिनादेखि ढुवानी नहुँदा बारेकोटमा खाद्यान्न सङ्कट
बारेकोट गाउँपालिकामा दुई महिनादेखि खाद्यान्न सङ्कट देखिएको छ । असिनापानीले हिउँदेबाली नष्ट गरिदिएको, खाद्य डिपोमा चामल नभएको र बाटो बिग्रिएकाले खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न सङ्कट भएको हो ।
गाउँपालिकामा किनेर खाने अन्न समेत पाउन छाडेपछि स्थानीयबासी चरम खाद्यान्न सङ्कटको चपेटमा परेका छन् । सक्ला, नायकवाडा, रामीडाँडा र रोकायगाउँका बासिन्दा खाद्य अभावको चपेटामा परेका छन् । बाढीपहिरोले बारेकोट जाने बाटो अबरूद्घ गरिदिएपछि व्यापारीले दुई महिनादेखि खाद्यान्न ढुवानी गर्न पाएका छैनन् ।
गाउँमा भएको अन्न सकिएको र थप खाद्यान्न ढुवानी नभएपछि स्थानीय भोकै पर्ने अवस्था आएको बारेकोट गाउँपालिका-५ का वीरबहादुर बस्नेतले बताए । उनले भने-'असिनापानीले हिउँदेबाली उत्पादन भएन । बाटो अबरूद्घ नहुँदासम्म निजी क्षेत्रका व्यापारीले पनि विक्रीका लागि खाद्यान्न लैजान्थे । खाद्य संस्थानको खाद्य डिपोमा पनि खाद्यान्न थियो तर अहिले न किनेर खाने अन्न पाइन्छ । न घरमा अन्न छ । नयाँबाली पाकेको छैन । साह्रै समस्या भयो ।'
चामल नभएपछि खाद्य डिपो बन्द छ । डिपो इञ्चार्ज रूद्रबहादुर देवकोटा पनि चामल नभएपछि डिपो बन्द गरेर दुई हप्तादेखि घरतिर हिँडेका छन् । संस्थानले बारेकोटस्थित नायकवाडा खाद्य डिपोमा चालु आर्थिक वर्षमा २ हजार क्वीन्टल चामल ढुवानीका लागि टेण्डर आह्वान गरेको छ । तर, टेण्डर स्वीकृतीका लागि प्रक्रिया पुर्याउन समय लाग्ने भन्दै जिल्ला खाद्य व्यवस्थापन समितिको बैठकले तत्काल १ हजार २ सय क्वीन्टल चामल बिना टेण्डर ढुवानी गरी खाद्य सङ्कट टार्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले बारेकोटमा भएको खाद्यान्न अभाव टार्न तत्काल चामल ढुवानी गर्न खाद्य संस्थानको केन्द्रिय कार्यालय काठमाडौँ, आपूर्ति विभाग र मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेर पठाए पनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
हिउँदमा परेको असिनापानीले किसानको बिउ समेत नरहने गरी अन्नबाली नभएपछि खाद्यान्न सङ्कट परेको उनको भनाइ छ । गरिबीका कारण अधिकांशले किनेर खान सक्ने अवस्था पनि छैन । सहुलियत दरको चामल ढुवानीमा पनि ढिलासुस्ती हुँदा स्थानीय निकै मर्कामा परेका छन् ।
केही व्यापारीसँग मौज्दात रहेको चामलको मूल्य पनि दोब्बर बढेको छ । ४० रुपियाँमा पाइने मोटो चामल ८० रुपियाँ पुगेको स्थानीय शिक्षक गोरबहादुर सिंहले बताए । उनका अनुसार केही दिन अघिसम्म महङ्गोमा किन्न पाइने त्यही चामल पनि पाउन छाडेको छ । 'बारेकोटमा तत्काल खाद्यान्न पुर्याइएन भने चरम सङ्कट पर्छ । गाउँले भोकभोकै मर्ने अवस्था आउँछ ।'-उनले भने-'सडक, यातायात नपुगेको सो गाउँपालिकामा घोडा खच्चड समेत हिँड्न नमिल्ने गरी बाटो अबरूद्घ भएपछि समस्या परेको हो ।'
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…