दुई महिनादेखि गाउँमा खानेपानीको अभाव
पचालझरना गाउँपालिका–५ मा दुई महिनादेखि खानेपानीको अभाव भएको छ । खानेपानीको मुहानमा पहिरोका कारण पाइपमा क्षति पुगेपछि दुई महिनादेखि उक्त वडाको ब्राहमण टोल र शाही टोलका ६७ घरधुरीमा खानेपानीको अभाव भएको हो ।
मान्छेलाई पिउने पानी दुई घण्टाको पैदल बोकेर ल्याउने गरिन्छ तर आकाशे पानीको भरमा मकै लगायतका अन्य खेती वाली लगाउने गरेपनि पशुचौपायालाई दिने पानीको समेत अभाव भएको सोही ठाउँका स्थानीय रत्नलाल आचार्यले दुखेसो पोख्नु भयो । उनका अनुसार धान रोपाई गर्ने, विभिन्न किसिमको सिचाई गर्ने पानी पाउनु सपना देख्नु मात्रै हो ।
०६५ साल यता खानेपानीमा कुनै पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय नागरिकले गुनासो गर्ने गरेका छन् । ०७४ सालको चुनावमा खानेपानी, सडक, विद्युत, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने भन्दै प्रतिबद्धता गरेका जनप्रतिनीधिहरूले हालसम्म ब्राहमण टोल र शाही टोलमा बनेका कुनैधारा मर्मतको लागि सहयोग नगरेको स्थानीयले बताएका छन् ।
यस विषयमा पचालझरना गाउँपालिका अध्यक्ष देबराज शाहीले आफू नयाँ निर्बाचित भएको र खानेपानी समस्याका बारेमा जानकारी नभएको समस्याबारे बुझेर तत्काल समाधनका लागि पहल गर्ने बताउनु भयो ।
०६५ सालमा राखिएका पाइपलाइन बाढीपहिरोका कारण क्षतविच्छेद भए पनि नागरिकले टालटुल गर्दै चारपाँच दिनमा १ दिन पानी पाएपनि अधिकांश दिन टाढाबाटै बोकेर खानु परेको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…