दुई महिनादेखि अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन नहुँदा सेवाग्राही मर्कामा
दुई महिनादेखि पाल्पा जिल्ला अस्पतालमा रेबिज विरूद्धको एआरटि भ्याक्सिन नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । जिल्ला अस्पतालमा सो भ्याक्सिन नहुँदा सेवाग्राहीहरू महङ्गो मुल्यमा किनेर लगाउन बाध्य भएका छन् ।
पाल्पा अस्पतालमा दैनिकजसो २ देखि ५ जनासम्म रेबिजका बिरामीहरू आउने गर्छन् । तानसेन नगरपालिका-५ अर्चलेका बुद्धबहादुर बिष्टले आफूलाई दुई दिनअघि छिमेकीको कुकुरले टोकेर रेबिज विरूद्धको भ्याक्सिन लगाउन गएपनि अस्पतालमा भ्याक्सिन नहुँदा मर्कामा परेको बताए । उनले बाहिर भ्याक्सिन किन्न आफ्नो आर्थिक अवस्था कमजोर रहेकोले पनि अब भ्याक्सिन लगाउने कि नलगाउने भन्ने अलमलमा परेको बताए ।
कुकुरले टोकेको ब्यक्तिलाई कम्तीमा १ महिनाभित्र ५ पटक सो भ्याक्सिन लगाउनुपर्छ । क्लिनकमा प्रति भ्याक्सिन मुल्य ५ सय ८० रुपियाँ तिर्नुपर्छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले क्षेत्रीय मेडिकल स्टोर बुटवलमा भ्याक्सिन माग गरिएपनि उपलब्ध हुन नसकेकाले समस्या भएको बताए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…