दुई महिनादेखि अवरुद्ध सडक सुचारु नहुँदा खाद्यान्न अभाव भएको स्थानीयको गुनासो
दुई महिनादेखि अवरुद्ध भएको सडक सुचारु नहुँदा जिल्लाको दुहु, व्याँस र नौगाड गाउँपालिकामा खाद्यान्न अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको छ ।
दुहु र व्यास जोड्ने मुख्य स्थलमार्ग दार्चुला–टिंकर सडक बन्द भएपछि अहिले यो क्षेत्रमा खाद्यान्न पु¥याउन सकिएको छैन् ।
टिंकर सडकले दुहु गाउँपालिकाका सबै बस्ती र व्यास गाउँपालिकाको १ र २ नम्बर वडा बाहेकका बस्तीमा सडकको पहुँच पुगेको भएपनि वर्षायामको सुरुवातसँगै टिंकर सडकको विभिन्न भागमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या उत्पन्न भएपछि खाद्यान्न अभाव हुन थालेको हो ।
कृषि उत्पादन कम हुने भएकाले दुहु र व्यास गाउँपालिकाका अधिकांश बस्तीका बासिन्दा किनेको खाद्यान्नमा निर्भर हुन्छन् । करिब दुई महिनासम्म खाद्यान्न ढुवानी नहुँदा सञ्चित गरिएको खाद्यान्न सकिन लागेकाले खाद्यान्नको समस्या आउन थालेको व्यास गाउँपालिका–६ का करनसिंह धामीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो – ‘अवरुद्ध सडक सञ्चालन गर्ने कुनै सुरसार देखिएको छैन् । सयौं परिवार खाद्य समस्यामा पर्ने अवस्था सृजना भएको छ ।’
वर्षात् सुरु भएदेखि सडक भासिएर तथा पहिरो खस्दा टिंकर सडकको विभिन्न ठाउँमा सडक अवरुद्ध छ ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानी गर्न नसकिदा वर्षायामका लागि मौज्दात राखेको खाद्य सामग्री सकिएकोले खाद्य समस्या सुरु भएको दुहु गाउँपालिका–१ का मदनसिंह महराले गुनासो गर्नु भयो ।
उहाँले पैदल हिड्नलाई समेत समस्याग्रस्त बाटो भएको हुँदा खाद्यान्न बोकेर ल्याउन सकिने अवस्था नरहेको र स्थानीय बजारमा पनि खाद्यान्न मौज्दात नरहेकाले खाद्य समस्या आएको बताउनु भयो ।
सडकमा माथिबाट ढुङ्गा खस्ने र हतारले हिड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको दुहु गाउँपालिका–५ सुत्खोलाका मानसिंह बडालले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै ल्याएर पुर्ति गर्नु पर्छ । तर, सदरमुकाम आउँजाउँ गर्न सर्वसाधारणलाई सकसपूर्ण छ ।’
दार्चुला–टिंकर सडक खण्डको पनि विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प छ । यातायात सेवा अवरुद्ध भएपछि दुहु र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिरोको जोखिम मोलेर हिड्नु पर्ने बाध्यता छ । यहाँका बासिन्दा टिंकर सडक मै पैदल हिडेर खलंगा पुग्नु पर्ने बाध्यता विगतदेखि कै हो ।
दुहुका सबै बस्तीका बासिन्दा टिंकर सडक भएरै खलंगा झर्छन् । ‘विभिन्न कामले सदरमुकाम नगई हुन्न । तर, जोखिम धेरै छ,’ दुहु गाउँपालिका–२ हिकिलाका प्रेमसिंह कार्कीले भन्नु भयो, ‘गाउँदेखि सदरमुकाम पुग्न भीरको बाटो छ । टिंकर सडकका विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिदा धेरै जोखिम बढेको छ ।’
दुहु गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्याक्टर समेत नचल्दा चामललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको छ ।
व्यास गाउँपालिकास्थित महाकाली तटीय बस्तीका बासिन्दा जोखिमपूर्ण तुईनको सहायताले भारतबाट खाद्यान्नको जोहो गर्दै आएका भएपनि माथिल्लो भेगमा बस्ने स्थानीयलाई खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–५ का स्थानीय मोहनसिह बिष्टले बताउनु भयो ।
स्थानीय जनप्रतिनिधिहरूले आम नागरिकका समस्यामा ध्यान पु¥याउन नसकेका कारण नागरिकहरु आधारभूत अधिकारबाट समेत वञ्चित हुनु परेको दुहु गाउँपालिका–१ का समाजसेवी देबेन्द्र बलमे बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘स्थानीय सरकारले पनि खाद्यान्नको आपुर्तिको व्यवस्था गर्नु पर्छ । जनप्रतिनिधिहरूले अवरुद्ध सडक खुलाउन सडक कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्नु पर्ने हो । खाद्यान्न अभाव आउन नदिन सडक सुचारु गरिन पर्दछ ।’
टिंकर सडकको सदरमुकामदेखि यातायात सञ्चालन नहुने गरी अहिले बर्खाको समयमा बन्द भएको छ । सास्कु खोलामा पुल नभएकाले यातायातका साधन माथिल्लो क्षेत्रमा लैजान नसकिएको ट्याक्टर व्यवसायी मनोजसिंह कुँवरले बताउनु भयो ।
‘सडकमा आएको पहिरो पन्छाए पनि नदीमा पानीको सतह नघटेसम्म यातायात चलाउन सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘टिंकर सडकको सास्कु, निजांगाड, कालागाड, कुकुरेगाड लगायत नदी र खोलामा पुल नबनेसम्म वर्षातको समयमा यातायतका साधान चलाउन सकिदैन ।’ वर्षात् नसकिन्जेल टिंकर सडक सञ्चालनमा आउने सम्भावना न्यून रहेकाले आउँदा दिनमा बढी खाद्यान्न समस्या आउने उहाँको भनाइ छ ।
उता गोकुलेश्वर हुँदै नौगाड जोड्ने मुख्य सडक भासिएपछि यहाँका स्थानीयलाई अस्पताल सम्म पुग्न र लैजानै समस्या भएको छ । स्थानीय गोविन्द ठगुन्नाका अनुसार सडक भासिएपछि आवतजावत ठप्प छ । खलंगा हुँदै दल्लेख जोड्ने सडक पनि अढाई महिनादेखि सुचारु हुन सकेको छैन् ।
व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले वर्षातका कारण बाटो अवरुद्ध भएपछि व्यासी जनताले नेपालदेखि आवतजावतमा समस्या झेल्नु परेको बताउनु भयो ।
उहाँले सडक सुचारु गराउनका लागि टिंकर सडकलाई आग्रह गरिएको भएपनि अझै काम सुचारु नगरिएकोले अवरुद्ध बाटो सञ्चालनमा आउन नसक्दा स्थानीयहरुका लागि आवश्यक खाद्यान्न धुवानी गर्न नसकिएको बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…