दुई बालिकाको शङ्कास्पद अवस्थामा शव फेला

  ०८१ भदौ १६ गते

सुन्दरहरैँचा नगरपालिका-७ की एक वर्षीया बालिका अर्पणा र तीन वर्षीया बालिका आयिका कार्कीको शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सुन्दरहरैँचा नगरपालिका-७ स्थित केराघारीभित्र ०८१ भदौ १५ गते शङ्कास्पद अवस्थामा एकै परिवारका दुई जना बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।

धनकुटा जिल्ला, पाख्रिबास नगरपालिका–४ डिकुरे स्थायी ठेगाना भइ सुन्दरहरैंचा नगरपालिका-७ मा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्कीका दुई जना छोरीको शङ्कास्पद अवस्थामा शव फेला परेको डिएसपी बस्नेतले बताउनु भयो ।

सुन्दरहरैंचा नगरपालिका-७ मा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र उनकी २९ वर्षीया अस्मिता न्यौपानेका छोरीहरूको शङ्कास्पद अवस्थामा शव फेला परेको डिएसपी बस्नेतले बताउनु भयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा पतिपत्नीबिच घरायसी विवादका क्रममा ०८१ भदौ १४ गते विवाद भएको खुलेको डिएसपी बस्नेतले बताउनु भयो ।

विवादपछि पत्नीले नानी लिएर हिँडेको र घटनास्थलमा विपादीको बट्टा भेटिएकाले घटना शङ्कास्पद भएको डिएसपी बस्नेतले बताउनु भयो । घटनाको प्रकृति अनुसार अर्जुनकी पत्नीले छोरीहरूलाई विष सेवन गराएर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

घटनालगत्तै बालिकाकी आमा अस्मिता सम्पर्कविहीन भएकाले विष सेवन गराएर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

पोष्टमार्टम रिपोर्टपछि हत्या वा होइन भन्ने स्वतन्त्र पुष्टि हुने डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा राखिएको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


विनोद सुवेदी