दुई पक्ष आ–आफ्नै अडानमा, केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै
सरकार र डक्टर गोविन्द केसी पक्षले आआना अडान यथावत राखेपछि साउन १ गतेको वार्ता पनि असफल भएको छ भने १८ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर बनिरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
माग सुनुवाइमा सरकार संवेदनशील नबनेको डक्टर केसीको समर्थक संयुक्त सङ्घर्ष समिति जुम्लाले जनाएको छ । केसीको स्वास्थ्यस्थिति गम्भीर बन्दै आएपछि जीवनरक्षाको माग गर्दै जतिसक्दो छिटो केसीका माग सम्बोधन गर्न समितिले सरकारलाई चेतावनी दिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डक्टर केसीलाई सरकारले सत्याग्राहीको रूपमा नभई बिरामीको रूपमा हेरेकाले वार्ता निष्कर्षविहीन भएको भन्दै उनका समर्थक थप आक्रोशित भएका छन् ।
केसीका माग तत्काल सम्बोधन नभए आन्दोलनका स्वरूप परिवर्तन गर्ने र त्यसबाट निम्तिने जोखिमको जिम्मेवार सरकार हुनुपर्ने संयुक्त सङ्घर्ष समितिले चेतावनी दिएको छ ।
चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर सत्याग्रह सुरू गरेका डक्टर केसीको मागप्रति सरकार संवेदनशील नभएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतको आरोप छ । ‘न्यायका लागि लडिरहेको एक नागरिक मृत्युको मुखमा पुगिसक्दा समेत सरकार मौन हुनु यो दुखद् कुरा हो ।’–उनले भने ।
केसी आफ्नो माग सम्बोधन नभएसम्म अनशन नतोड्ने अडानमा छन् भने सरकार राष्ट्रिय चिकित्सा विधेयकका प्रावधानबाट पछाडि नहट्ने अडानका कारण दुवैपक्ष बीच वार्ता पनि लम्बिएको छ ।
केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आइसकेपनि प्रतिष्ठानमा आइसियु नहुँदा उनको ज्यान जोखिमयुक्त सङ्क्रमणबाट बचाउन चुनौती थपिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
केसीको जीवनरक्षाका सरकारले व्यवस्थापन गर्ने एयरलिफ्ट उनी र उनका समर्थकले अस्वीकार गर्दै आएका छन् ।
ओपिडि सेवा ठप्प
अनशनरत डक्टर गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा साउन १ गतेबाट ओपिडी सेवा ठप्प पारिएको छ ।
केसीको जीवनरक्षा गरी उनका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आकस्मिक बाहेकका सेवा अनिश्चितकालका लागि ठप्प पारिएको प्रतिष्ठानका निर्देशक डक्टर धर्मराज गोसाईले बताए ।
केसीका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै माग सम्बोधन नभएसम्म सेवा सुचारू नगर्ने प्रतिष्ठानले चेतावनी दिएको छ । वार्ता टोलीसँग केसीका माग सम्बोधन गरी चाँडो अनशन तोडाउन समेत प्रतिष्ठानले आग्रह गरेको छ । ओपिडी सेवा अवरूद्ध हुँदा सामान्य बिरामीहरू मर्कामा परेका छन् ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…