दुई पक्षबिच झडप हुँदा दुई जना घाइते
सर्लाही जिल्लाको क्षेत्र नं. २ मा पर्ने मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकामा पर्ने सडक निर्माणको कार्य नभएको भन्दै कौडेना गाउँपालिकाका स्थानीय बासी र हाम्रो नेपाली पार्टी (लौरो चुनाव चिन्ह) का कार्यकर्ताहरूद्वारा बाटो जाम गरेपछि बाटो खुलाउन गएका गठबन्धनका नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूसँग झडप हुँदा दुई जना कार्यकर्ता घाइते भएको कौडेना गाउँपालिका–५ निवासी हाम्रो नेपाली पार्टीका कार्यकर्ता २८ वर्षीय राम एकवाल बैठाले जानकारी दिनु भएको छ ।
स्थानीयले कात्तिक २१ गतेदेखि रोड जाम गर्दै आइरहेको र कात्तिक २६ गते दिउँसो हाम्रो नेपाली पार्टीका कार्यकर्ताहरूले समर्थक जनाउन जाँदा गठबन्धनका माओवादी केन्द्रका कार्यकर्ता तथा हाम्रो नेपाली पार्टीका कार्यकर्ताहरू बिच झडप भएको हो ।
झडपमा परि घाइते भएका कौडेना गाउँपालिका–७ निवासी हाम्रो नेपाली पार्टीका कार्यकर्ता ३२ वर्षीय राम नरेश कुशवाहा र सोही गाउँपालिका वडा नं. ५ का ३४ वर्षीय भरोसी सहनीको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…