दुई दिनदेखि जिल्ला अस्पताल गरिएको तालाबन्दीले बिरामीलाई सास्ती
हिमाली जिल्ला हुम्लामा रहेको एक मात्र अस्पतालमा चैत २६ गतेदेखि चिकित्सकहरूले नै सम्पुर्ण सेवाहरू ठप्प पारेपछि बिरामीलाई सास्ती भएको छ ।
देशभरका सरकारी चिकित्सकहरूको आन्दोलनका कारण हुम्लामा पनि जिल्ला अस्पतालका सम्पुर्ण सेवा बन्द गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर टसी लामले बताए ।
डाक्टर लामाका अनुसार इमरजेन्सी सेवा बाहेकका अन्य सम्पुर्ण कार्यालय सहित सेवाहरु बन्द भएको बताए ।
देशभरको स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका हुन् ।
सरकारी चिकित्सक आन्दोलनका कारण सर्वसाधरण मारमा परेका छन् । गाउँबाट जिल्ला अस्पताल पुग्न एक दुई दिनको पैदल हिँडेर उपचार गराउन आएता पनि उपचार हुन नसकेको जिल्ला अस्पतालमा भेटिएका समराज बोहराले गुनासो गरे ।
सामान्य रुघा खोकिको औषधिको लागि पनि बिरामीले निकै सास्ती खेप्नुपरेको स्थानीय भक्तराज ऐडीले दुखेसो पोखेका छन् ।
जिल्ला अस्पतालमा उपचारको लागि पुगेका ऐडीका अनुसार सरकारी चिकित्सकहरूको आन्दोलनले तीन दिनको पैदल हिँडेर जिल्ला अस्पताल पुगेका बिरामीलाई निकै समस्या भएको छ ।
अस्पतालमा ताला बन्दीका कारण हुम्लाका ४५ देखि ५० जना भन्दा बढी बिरामी उपचार गराउन आउने भएता पनि अस्पतालले इमरजेन्सी बाहेकका सम्पुर्ण सेवा ठप्प पारेपछि गाउँबाट आएका बिरामीलाई उपचार गर्न समस्या भएको पत्रकार लोग भण्डारीले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…