दुई दिनदेखिको बन्दले रूकुमको जनजीवन प्रभावित
माघ २६ गते बाट गाउँपालिका केन्द्रको माग गदै तकसेरा गाविसका स्थानियबासिन्दाले सदरमुकाम खलङ्गामा आम हड्ताल गरेपछि दुई दिनदेखि जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण सवारी साधन र सरकारी कार्यालयहरू बन्द छन् । सिमाकङ्न आयोगले मैकोट, हुकाम, कोल, तकसेराको गाउँपालिका केन्द्र अपायक ठाउँमा राखेका कारण आन्दोलन गर्नु परेको सङ्घर्ष समितिका संयोजक जुद्ध बुढाले बताए ।
आफूहरूको मागमा स्थानीय राजनीतिक दल र प्रशासन गम्भीर नभएकाले बन्द झन कडा गर्नु परेको उनले बताए । स्थानीयस्तरबाट समस्याको समाधान गर्न नसकिने भएकाले केन्द्रमा पहल भइरहेको रूकुमका प्रमुख जिल्ला अधिकारी बंशीकुमार शर्माले बताए ।
बन्दका कारण सवारी साधन र सरकारी कार्यालय नखुल्दा जनजीवन कष्टकर बनेको हो । माघ २६ गते बिहान केही समय जिल्ला विकास समितिको कार्यालयको कामकाजमा अवरोध गर्न खोजेपनि कुनै असर नपरेको जिल्ला विकास समिति रूकुमका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताए ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…