दुई छोाराको हत्या गरी बावुद्वारा आत्महत्या
जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाशान्ती टोलका ३० वर्षीय सुरेन्द्र रामले कात्तिक ४ गते बिहान पाँच वर्षीय छोरा सुविन राम र तीन वार्षीय छोरा विपीन रामलाई घर भित्र झुण्ड्याएर हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
दुई छोरा र बावुको शव कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर सुभाष हामालले बताए ।
शवको पोष्टमार्टम पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्ट मर्टम पश्चात हजुरआमा मुनिया रामले बुझी अन्तिम दाहसंस्कारका लागि जिम्मा लिई गएको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाका कारण सुरेन्द्रले आफ्ना दुई छारोलाई हत्या गरेपछि आफू पनि आत्महत्या गरेको आशङ्का रहेको छ । सुरेन्द्रले आमा र पत्नीलाई कुटपिट गरिरहने तथा पत्नीलाई हत्या गर्ने प्रयास गरेको आरोपमा सिमारा प्रहरीले कानुनी कारबाही गरेको थियो । घरेलु हिंसाका कारण सुरेन्द्रको पत्नीले उनलाई छाडेकी थिइन् ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…