दुईपक्षको झडपमा ६ जना घाइते
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट त्रिवेणी गाउँपालिका १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण ओली र सोही पार्टीका बागी उम्मेदवार सुन्दर ओली पक्षका कार्यकर्ता बीच ०७९ वैशाख १९ गते राति भएको झडपमा दुबै तर्फका ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजङ्ग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन रहेका छन् । घाइते धर्मेन्द्र, जीवन र टिकाजङगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । घटनाबारे लिखित रुपमा उजुरी आइनसकेपनि मौखिक जानकारीका आधारमा अनुसन्धान थालिएको उहाँले बताउनुभयो । दुईपक्षबीच झडप भएकाले घाइते कुन पक्षका हुन समेत छुट्याउन नसकिएको उहाँको भनाई छ ।
अन्य घाइतेको उपचार जिल्ला अस्पतालमा भएको र हाल डिस्चार्ज भएका छन् ।
सुन्दर ओलीले माओवादी केन्द्रबाट वडाध्यक्षको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिई आफ्नो गतिविधि सञ्चालन गर्दा आधिकारिक उम्मेदवार लक्ष्मण ओलीका समर्थकले अवरोध गर्दा झडप भएको स्थानीय टीका देवकोटाले आरोप लगाउनु भयो । सुन्दरले भने झडपमा आफ्नो समूहको कुनै संलग्नता नभएको र व्यक्तिगत रुपमा हुने यस्ता घटनामा आफूलाई नजोड्न भन्दै विज्ञप्ती सार्वजनिक गर्नुभएको छ ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…