दार्जिलिङ घट्नाप्रति जवाफदेहिता निगरानी समितिको ध्यानाकर्षण

जवाफदेहीता निगरानी समितिले साउन १ गते एक विज्ञप्ति प्रकाशन गरी विगत एक महिनादेखि भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ क्षेत्रमा भारतीय सुरक्षा निकायको अत्याधिक बल प्रयोगका घट्नाप्रति को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले भारत सरकारलाई त्यसक्षेत्रका जनताको शान्तिपुर्ण प्रदर्शन गर्न पाउने भारतीय संविधानको प्रावधानको सम्मान गर्न र त्यस्तो प्रदर्शन गरेबाट मानवीय संकट उत्पन्न हुनेगरी गरिएको अघोषित नाकावन्दी तत्काल खुलाउन र अत्याधिक बल प्रयोगको निश्पक्ष छानबिन गरी दोषीलाई जवाफदेही बनाउन अनुरोध गरेको छ ।

त्यसक्षेत्रमा भएका शान्तिपूर्ण आन्दोलनमा विगतमा सुरक्षाबलको गोलीबाट गएको एक महिनामा ७ जनाको यसबाट मृत्यु भएको र यस्ता घटना निन्दनीय भएको ठहर निगरानी समितिले गरेको छ ।

इन्टरनेट सेवासमेत बन्द गरेर त्यसक्षेत्रका नागरिकलाई बाह्य विश्वसँग संचारविहीन बनाइएको घटना विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकमा हुनसक्छ भनेर पत्याउने विषय होइन तर यो अपत्यारिलो विषय वास्तविकता भएको विज्ञप्तिमा जनाइएको छ ।

कानुनी शासन र नागरिकको मौलिक अधिकारप्रति विश्वव्यापी प्रतिबद्धता जाहेर गरेको भारत सरकारले राजनीतिक मामलालाई राजनीतिक तवरले समाधान खोज्ने छ भन्ने कुरामा हामी नगरानी समितिले विश्वास लिएको छ ।


अनलाइन डेस्क