दार्चुला घटनाः एक साता बितिसक्दा समेत बुझेनन् आफन्तले शव
व्याँस गाउँपालिका–४ डोकटमा मृत फेला परेका ३५वर्षीय नरसिंह विष्टको शव एक साता बितिसक्दा समेत आफन्तले बुझेका छैनन् ।
शवको पोष्टमार्टम मङ्सिर ९ गते जिल्ला अस्पतालमा गरिएको भएपनि घटनामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरी कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने आफन्तहरुले अडान राखेका छन् ।
मङ्सिर ४ हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्न सदरमुकाम खलंगाबाट गाउँ गएका विष्टको मङ्सिर ३ गते राति हत्या गरी गाडीएको अवस्थामा सुनसेराको डोम खोला किनारमा शव फेला परेको थियो ।
मृतक विष्टका आफन्त मोहनसिह विष्टका अनुसार स्थानीय बजारबाट २ सय मिटर पररहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको छ । बाटोभरि घिर्सादै लगेको देखिन्छ ।
‘धारिलो हतियार प्रहार गरि खोलामा शव गाडिएको प्रष्टै देखिएको छ’ उहाँले भन्नु भयो, ‘घट्नाका दोषी पत्ता नलागेसम्म हामी शव बुझ्दैनौ ।’ हामीले किटानी गर्दा पनि प्रहरीले आरोपितहरु गिरफ्तार गरेको छैन् ।’
स्थानीय भुपेन्द्र विष्टले शवको पोष्टमार्टम भएको भएपनि घटनाका संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडी नबढेसम्म शव नबुझ्ने बताउनु भयो ।
घटनामा संलग्न व्यक्तिहरुको नाममा किटानी जाहेरी समेत दिइसकेको अवस्थामा प्रहरीले घटनामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार नगरेको स्थानीयहरुको आरोप छ ।
पीडित पक्षले किटानी जाहेरी नदिएको तर ठाडो उजुरीका आधारमा घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिहरुलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…