दार्चुलामा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो
सदरमुकाम खलंगासहित अधिकांश गाउँपालिका र नगरपालिकामा ठूला तीन राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेका छन् । जिल्लामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका हुन् ।
राजनीतिक दलले मुख्य चोक, सडक क्षेत्र र सार्वजनिक स्थलहरूमा पार्टीका झण्डा र ठूलाठूला व्यानर पोष्टर राखेको पाइएको छ । पछिल्लो समय, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहु गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र अपि हिमाल गाउँपालिकामा आचारसंहिता उल्लङ्घन बढेको हो ।
निर्वाचन आयोगद्वारा आचारसंहितामा दुई दिनअघि राजनीतिक दललाई चुनावी चिन्ह भएको टिसर्ट वितरण गर्न हुँदैन । यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि जिल्लास्थित सबै राजनीतिक दलहरूलाई आचारसंहिता पालना गर्नु भनेर परिपत्र गरेको छ । तर, यसलाई लत्याउँदै अहिले जिल्लामा क्रियाशील राजनीतिक दलले चुनाव चिन्ह भएको टिसर्टहरू व्यापक वितरण गरेको पाइएको छ ।
यस्तै राजनीतिक दलले चुनावी आचारसंहिता उल्लङ्घन गर्दै प्रचारप्रसार समेत भडि्कलो बनाएका छन् । नगरपालिका क्षेत्रमा तोकिएको भन्दा बढि सवारी साधन प्रयोग भइरहेको छ । उम्मेदवारहरूले चार पाङ्ग्रे गाडीहरूको प्रयोगसमेत बढाएका छन् ।
स्थानीय गौरसिंह महराका अनुसार राजनीतिक दलहरूले बालबालिकालाई समेत चुनाव चिन्ह अङ्कित आफ्नो फोटोसमेत भएका टिसर्ट वितरण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाका अनुसार हालसम्म ६ ओटा लिखित तथा १५/१६ ओटा मौखिक रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत निरञ्जन स्थापितले जानकारी दिए ।
'मौखिक रूपमा परेको उजुरीको मौखिक रूपमै सचेत पार्ने काम भएको छ ।'-उनले भने-'लिखित रूपमा आएका उजुरी माथि छानबिन गर्ने काम भइरहेको छ ।'
खासगरी दार्चुलामा विद्यालय प्रयोग गरी कार्यक्रम भइरहेको, सार्वजनिक स्थल प्रयोग गरेको, विकास निर्माणको काम उद्घाटन गरेको जस्ता उजुरी परेका छन् । लिखित उजुरीको लिखित रूपमै स्पष्टीकरण माग गरिएको बताइएको छ । केहीले लिखित रूपमा स्पष्टीकरण पेश गरिसकेको स्थापितले बताए ।
यसैबीच जेठ ३० गते नेकपा माओवादी केन्द्रले मार्मा गाउँपालिकामा विद्यालय प्रयोग गर्दै चुनावी आमसभा गरेको छ ।
मार्मा गाउँपालिकाको दुर्गा निमावि च्युरानीमा चुनावी आमसभा गरेको हो । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको उपस्थितिमा चुनावी आमसभा भएको छ । पटकपटक विद्यालय प्रयोग नगर्न परिपत्र भएपनि अझै पनि राजनीतिक दलहरूले चुनावी सभा विद्यालयमै गर्ने गरेका छन् ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…