दार्चुलामा आचारसंहिता उल्लङ्घनका तीन ओटा उजुरी दर्ता
मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाका अनुसार हालसम्म आचारसंहिता उल्लङ्घनका तीन ओटा घटना लिखित रूपमै दर्ता भएका छन् ।
कार्यालयका अनुसार आचारसंहिता लागु भइसकेपछि जिल्ला अस्पताल दार्चुलाले बर्थिङ सेन्टरको लागि चार जना अनमी करारमा भर्ना गरेको, विद्यालयहरूमा राजनीतिक दलहरूले कार्यक्रम गरेको उजुरी परेका छन् ।
मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले विभिन्न माध्यमबाट उजुरी आइरहेको बताए । निर्वाचन आचारसंहिताको बारेमा वैशाख २५ गते खलङगामा भएको बैठकमा उनले आचारसंहिता उल्लघङ्नका घटनामा कमी ल्याउन राजनीतिक दल एवम् सरोकारवालाहरूमा आग्रह गरे ।
राजनीतिक दलहरूले विद्यालयहरूमा कार्यक्रम गर्ने, शिक्षक गैरसरकारी सङ्घ संस्थाका कर्मचारी पनि खुलियाम प्रचार प्रसार गरेको पाइए कार्वाही हुने जनाए । यस्तै राजनीतिक दलहरूले प्रचार प्रसारको लागि टिसर्ट, जकेट टोपी लगायतका सामाग्री प्रयोग नगर्न आग्रह गरे । अहिले दार्चुलाका सबै जसो राजनीतिक दलहरूले प्रचार प्रसारको क्रममा टिसर्ट जकेट टोपीको प्रयोग गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले आचारसंहिता उल्लंघनको विषयमा विभिन्न माध्यमबाट जानकारी लिने काम भइरहेको बताए । निर्वाचन आचारसंहिताले उल्लेख गरेबाहेकका कार्यक्रम गरेको पाइए कार्वाही गरिन्छ उनले भने ।
केही दिन अघि शिक्षकहरू प्रचारमा गएको र भाषण गरेको फोटो सार्वजनिक भएपछि जिल्ला शिक्षा कार्यालयले सम्बन्धित शिक्षक र विद्यालयलाई स्पष्टीकरण सोधिसकेको जिल्ला शिक्षा अधिकारी खगेन्द्रबहादुर सिंहले बताए ।
जिल्लास्थित राजनीतिक दलहरूले समेत आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।
जिल्ला निर्वाचन अधिकृत तुलसीराम पाण्डेले सबै सरोकारवाला निकायहरूले आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले निर्वाचनको अवधिमा सवारी साधन प्रयोग, मदिरा सेवनमा विशेष ध्यान दिने बताए । उनले भने-'निर्वाचनको दिन मतदान केन्द्र भित्र मदिरा सेवन गरेको फेला परे कारबाही हुन्छ । त्यसबेला कुनै पनि राजनीतिक दलले मेरो कार्यकर्ता भन्न पाउँदैन ।'
स्थानीय तह निर्वाचनमा उम्मेदवार, राजनीतिक दल, नेपाल सरकार स्थानीय तह तथा सार्वजनिक संस्था, कर्मचारी, आमसञ्चार माध्यम गैरसरकारी संस्था पर्यवेक्षक सबैलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…