दार्चुलाका १५ ओटा मतदानस्थल अति सम्वेदनशील

दार्चुलाका १५ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिलले जनाएको छ । सुरक्षा समितिले तयार गरेको विवरण अनुसार जिल्लाभरका १ सय १० मतदानस्थल मध्ये १५ ओटा अति सम्वेदनशील रहेका छन् ।

जिल्लामा १ सय २९ ओटा मतदान केन्द्र रहेका छन् । स्थानीय तहको निर्वाचनमा वर्ष १ सय २८ मतदान केन्द्र रहेकोमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि मतदाता थपिएसँगै एक मतदान केन्द्र थप भएको हो ।

यस्तै १९ ओटा मतदानस्थल सम्वेदनशील रहेका छन् भने ७६ ओटा मतदानस्थल सामान्य रहेको सुरक्षा समितिले विश्लेषण गरेको छ । अति सम्वेदनशील र सम्वेदनशील मतदानस्थलमा सुरक्षा रणनीति मजबुद बनाइने बताइएको छ ।

दलहरूबिचको अस्वस्थ प्रतिस्पर्धा, भौगोलिक विकटतालगायतका आधारमा मतदानस्थलको सुरक्षा विश्लेषण गरिएको बताइएको छ ।


नरेन्द्रसिंह कार्की