दाम्लोमा बाँधिएकी गर्भवतीको निशुल्क उपचारका लागि हेटौंडा लगियो
६ महिना देखि दाम्लोमा बाँधिएकी त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया गर्भवती महिला सृजना कार्की (खड्का)को निःशुल्क उपचार हुने भएको छ । हेटौंडास्थित मानव सेवा आश्रमले उनको निशुल्क उपचार गर्न लागेको हो ।
सृजनाको विषयमा इन्सेक अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण गरेपछि आश्रमले जिल्ला प्रशासन कार्यालय उदयपुरसमक्ष उपचार गर्ने इच्छा व्यक्त गरेको हो ।
आश्रमको चासोसँगै गर्भवती महिलालाई थप उपचारको लागि साउन २७ गते पत्रकार तुलसीप्रसाद कोइराला, ओरेक नेपालका कार्यक्रम अधिकृत सुमित्रा कोइराला, असई उमा गुरुङ, प्रहरी जवान शोभा कार्की र सृजनाकी सासू धनमाया खड्कासहितको टोलीले हेटौंडा पुर्याएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए ।
हेटौंडाको आश्रमले मानसिक स्वास्थ्यको उपचार तथा गर्भवती अवस्थादेखि सुत्केरी भएसम्मको सम्पूर्ण स्याहारसुसार गर्ने भएकाले त्यहाँ पठाएको घिमिरेले बताए । आश्रममा असाहय असक्त र मानसिक रोग लागेकाहरूलाई निशुल्क उपचार गरिने भएकाले उनको उपचार गरेर सेवा गर्न लगाको आश्रमका प्रमुख रामजी अधिकारीले बताए ।
आश्रमले उपचार गर्ने जनाएपछि वुहारी पुर्याउन गएकी सासूले खुशी व्यक्त गरिन् । मानसिक सन्तुलन गुमाएकी सृजनालाई परिवारले विगत ६ महिनादेखि घरमै दाम्लोमा बाँधेर राखेको थियो । उनको त्यो अवश्था देखेपछि जिल्लास्थित अधिकारकर्मी, पत्रकार, प्रहरी र स्थानीय प्रशासनले उद्धार गरेका थिए ।
सिन्धुलीको लदाभिर गाविसबाट ०७० फागुनमा मनोजकुमार खड्कासँग सृजना विवाह बन्धनमा बाँधिएकी थिइन् । २०७० चैतमा नोवेल अस्पताल विराटनगरमा भर्ना गरे पनि एकमहिना आर्थिक अभावका कारण डिस्चार्ज गरिएको उनको परिवारले जानकारी दिएको छ ।
सृजना गर्भवती भएको दुई महिनापछि एकाएक हराएका अनका पतिको अहिलेसम्म अत्तोपत्तो छैन ।
भरत खड्का
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…