दाङ बन्दले जनजीवन प्रभावित
संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै युवा संघ नेपाल र अनेरास्ववियु दाङले मङ्सिर २२ गते गरेको दाङ बन्दले जिल्लाको जनजीवन प्रभावित भयो । बन्दकर्ताहरूले विहानैदेखि पूर्वपश्चिम राजमार्गको भालुवाङ-लमही-अमेलिया सडक खण्ड र घोराही-तुलसीपुर तथा अमेलिया-सल्यान राप्ती राजमार्गमा ठाउँ ठाउँमा अवरोध सिर्जना गरी सार्वजनिक यातायात ठप्प पारेका थिए । बन्दकै कारण जिल्लाका विद्यालय, कलकारखाना तथा जिल्लाका घोराही, लमही, तुलसीपुर, नारायणपुर, भालुवाङ बजार खुल्न सकेनन् । विद्यालय नखुल्दा विद्यार्थीहरू मर्कामा परे भने गन्तव्यमा हिँडेका यात्रु बाटोमै अलपत्र परेका थिए । पूर्वपश्चिम राजमार्गको अमेलिया खण्ड र भालुवाङमा दिनभर लामो दुरीका सवारी साधन चल्न सकेनन् । यसैबिच तुलसीपुरमा बन्द अवज्ञा गरेको भन्दै मोटरसाइकल रोक्न खोज्दा एक आन्दोलनकारी कुटिएका छन् ।
घटनामा नेकपा एमाले पवननगर गाउँ कमिटीका अध्यक्ष ३५ वर्षीय खुमप्रसाद भण्डारी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर खुमानन्द पाण्डेले बताए । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बिहान ६ वजेदेखि सुरु भएको बन्द वेलुका ४ बजे खुलेपछि बाटोमा रोकिएका सवारी साधन गन्तव्यमा हिँडेका छन् ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार आठ दिनदेखिको बन्दले पाल्पाको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
मङ्सिर २२ गते बन्दकर्ताहरूले जिल्लाका सरकारी कार्यालय समेत बन्द गराएका छन् । त्यस्तै बिहानैदेखि जिल्ला प्रशासनमा धर्ना दिएका छन् । निरन्तरको बन्दले शिक्षा, स्वास्थ्य र व्यापार व्यवसायमा असर परेको छ भने सर्वसाधारणको दैनिकीसमेत अस्तव्यस्त बन्दै गएको छ । बन्दले पाल्पामा विद्यालय, क्याम्पस खुल्न सकेका छैनन् । सार्वजनिक सवारी पनि चलेका छैनन् । विद्यालयमा पढाई नभएपछि विद्यार्थीहरू खेलेर दिन बिताउन बाध्य छन् ।
बिरामीहरूले समेत समयमा सवारी साधन नपाउँदा कष्ट बेहोर्नु परेको छ । एम्बुलेन्ससमेत ग्रामीण क्षेत्रमा जान नमान्दा सास्ती खेप्नु परेको गुनासो बिरामीको रहेको छ । व्यवसायिक च्याउ, तरकारी, सुन्तला खेती गर्नेहरूले बजारसम्म पठाउन पाएका छैनन् भने साना तथा घरेलु उद्योग बन्द भएपछि त्यहाँ काम गर्ने कामदारले छाक टार्न नै मुश्किल परेको गुनासो गरेका छन् ।
सत्तारुढ काङ्ग्रेस, प्रमुख विपक्षी एमालेलगायतका राजनीतिक दलका साथै युवा, विद्यार्थीले निरन्तर बन्दको कार्यक्रम गर्दै आएका छन् । उनीहरूले आन्दोलनलाई अझै सशक्त बनाउने बताएका छन् । मङ्सिर २२ गते बसेको जिल्ला स्तरीय सङ्घर्ष समितिको बैठकले मङ्सिर २५ गतेसम्म बन्द यथावत् राख्ने निर्णय गरेका छन् । २५ गते जिल्ला सदरमुकाम तानसेनमा मानव साङ्लो प्रदर्शन गरिने नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले बताए । बन्दले सदरमुकाम तानसेन र ग्रामीण भेगको जनजीवन कष्टकर बनेको छ भने शिक्षा, स्वास्थ्य र उद्योग व्यवसायमा झनै असर पुगेको छ ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार बन्दकर्ताले आमसभा तथा जनप्रदर्शन गरेका छन् । आठ दिनदेखि जिल्ला बन्द र आन्दोलन भइरहँदा पनि सरकारले आफ्ना माग नसुनेको भन्दै सरकारलाई सुनाउन सिठ्ठी जुलुस निकालिएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवन प्रसाद श्रेष्ठले बताए । उनले आफ्नो माग पूरा नभएसम्म जारी आन्दोलन र कार्यक्रम नरोकिने बरु अझ सशक्त बनाउने बताए । जारी आन्दोलनका कारण दैनिक जीवन निकै कष्टपूर्ण बन्दै जान थालेको छ । अनिश्चतकालीन जिल्लामा दैनिक ज्याल मजदुरी गर्ने मजदुर, स्वेदश तथा विदेशबाट जिल्ला भित्रिने र बाहिने व्यक्तिहरू मर्कामा परेका छन् । सरकारी कार्यालयका सेवाहरू पूर्णरूपमा ठप्प भएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…