दाईजो नल्याएको भन्दै कुटपिट गरेको आरोपित विरुद्ध उजुरी
मलङ्गवा नगरपालिका–७ माइती घर भएकी २३ वर्षीया सैमुल खातुनलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नल्याएकोमा गोडैता नगरपालिका–१० सिसौटियाका २५ वर्षीय पति मो.समिर खानले कुटपिट गरेको आरोपमा पीडितले ईलाका प्रहरी कार्यालय गोडैतामा माघ १० गते उजुरी दिएकी छिन् ।
पतिको कुटपिटबाट खातुनको बायाँ हातमा र बायाँ खुटामा चोट लागेको तथा बायाँ हातमा तीन ओटा टाँका लगाइएको पीडित महिलाकी बुबा ४७ वर्षीय मो. नसारुदिन खानले बताउनु भयो ।
पीडितको उपचार माघ चार गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरीएको पिडितकी बुबाले बताउनुभयो ।
२०७७ फागुन महिनामा सैमुल खातुन र मो.समिर खानबीच मुस्लिम परम्परा अनुसार निकाह भएको थियो । निकाहमा एक लाख पचास हजार रुपियाँ, आठ आना सुन, घरका अन्य सरसमान दिएपनि थप दाइजो नल्याएको भन्दै शारीरिक तथा मानसिक यातना दिने गरेको पीडित पक्षको आरोप छ ।
घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय गोडैताका सई रामप्रवेश यादवले जानकारी दिनु भयो । हाल आरोपित ‘फरार’ रहेकोले खोजी कार्य भइरहेको उहाँले बताउनु भयो ।
बधन साह
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…